Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

कक्षा ११ को नयाँ भर्ना साउन मसान्तसम्म लिन राष्ट्रिय परीक्षा बोर्डको निर्देशन

कक्षा ११ को नयाँ भर्ना साउन मसान्तसम्म लिन राष्ट्रिय परीक्षा बोर्डको निर्देशन


  • 3.3K
    Shares

    कक्षा ११ को नयाँ भर्ना साउन मसान्तसम्म लिन राष्ट्रिय परीक्षा बोर्डको निर्देशन

    काठमाडौं। कक्षा ११ मा विद्यार्थी भर्नाको म्याद बढाउन राष्ट्रिय परीक्षा बोर्डले सबै विद्यालयलाई निर्देशन दिएको छ । कक्षा ११ मा भर्ना हुनका लागि अवेदन दिने म्याद थोरै राखेका कारण दुर्गम क्षेत्रका विद्यार्थी आवेदन दिनबाट बञ्चित हुने देखिए पछि अवेदन दिने समय बढाउन निर्देशन दिएको हो ।

    बोर्डले सूचना जारी गर्दै एसईई नतिजा साउन ११ मा प्रकाशित भएको र शैक्षिक सत्र २०७९/०८० का लागि कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा विभिन्न विद्यालय/क्याम्पसहरुले फरक फरक भर्ना तालिका तय गरी छोट समयको मात्र म्याद राखिसूचना प्रकाशित भएको हुँदा दुर्गम क्षेत्रका विद्यार्थी भर्नाका लागि आवेदन दिने अवसरबाट वञ्चित भएको भनि बोर्डमा गुनासाहरु आएकोले आवेदन म्याद बढाउन भनेको छ ।

    सबै विद्यालयहरुले एसईईको नतिजा सार्वजनिक भएको १५ दिनसम्म आवेदन दिन सक्ने गरी भर्ना कार्यक्रम तय गरी साउन मसान्तसम्म विद्यार्थी भर्ना लिने व्यवस्था मिलाउन विद्यालय/क्याम्पसलाई निर्देशन दिएको छ । साथै स्थानी तहहरुबाट सोहिअनुसार आफ्नो पालिका अन्तर्गतका विद्यालयहरुमा समन्वय र सहजीकरण गरी विद्यार्थी भर्ना र कक्षा सञ्चालन लगायतका कार्यहरु गराउने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

    unnamed-3-1024x889.jpg

    प्रकाशित मिति :श्रावण १८ २०७९ बुधवार - ०९:००:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij