२०८२ माघ ७ गते बुधवार
गायक, गीतकार तथा संगीतकार प्रकाश सपूतको डेब्यु फिल्म 'परदेशी-२' को पहिलो गीत सार्वजनिक भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको 'के वर मागी फर्क्यौ' बोलको गीत सार्वजनिक गरिएको हो।
रमेश पौडेलको शब्द तथा नारायण रायमाझीको संगीत रहेको गीतमा निशान भट्टराईको आवाज रहेको छ। नारायण रायमाझीको निर्देशनमा बनेको फिल्ममा प्रकाश र केकी अधिकारी मुख्य भूमिकामा देखिएका छन्। फिल्ममा रोजगारीको लागि परदेश गएका युवाहरूको कथा रहेको छ।
दशैँको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्ममा प्रकाश र केकी बाहेक वर्षा शिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकारको पनि अभिनय रहेको छ।
निर्देशक रायमाझी र राजेश वंशलको निर्माण रहेको फिल्मको कथा रमेश विजीले लेखेका हुन्। फिल्म असोज १४ देखि प्रदर्शनमा आउँदै छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij