Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

निर्वाचन आयोगले पेलेपछि रन्किदै प्रचण्डले भने - अब यसरी ओलीको टाउकोमै हान्छौ 

निर्वाचन आयोगले पेलेपछि रन्किदै प्रचण्डले भने - अब यसरी ओलीको टाउकोमै हान्छौ 


  • 5.9K
    Shares

    निर्वाचन आयोगले पेलेपछि रन्किदै प्रचण्डले भने - अब यसरी ओलीको टाउकोमै हान्छौ 
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड"ले थप काठमाडौं केन्द्रीत प्रदर्शन आवश्यक भएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले काठमाडौंमै केन्द्रीत हुने गरी ठूलो जनप्रदर्शन आवश्यक भएको र टाउकोमै हान्नुपर्ने भएको बताएका हुन् । 

    उनले माघ ९ गतेको विरोधसभामा मध्येसबाट ठूलो सहभागिता भएको बताउँदै आगामी कार्यक्रममा पनि मधेशबाट ठूलो संख्यामा उपस्थित हुनुपर्ने बताए । "माघ ९ गतेको विरोधसभामा तपाईँहरुलाई १० हजार आउन भनेका थियौँ। तपाईँहरु १३ हजार आउनुभयो, प्रदेश २ मा पनि कार्यक्रम गर्नुपर्ने छ। जनकपुरमा पनि गर्नुपर्ने छ। त्यसभन्दा अगाडि फेरी काठमाडौंमा नै अझ ठूलो प्रदर्शन गर्न आवश्यक छ," उनले भने, "अबको कार्यक्रममा तपाईँहरु २५ हजार आउनुस्। २५ हजार आउन भन्यो भने तपाईँहरु ३० हजार आउनुहुन्छ मलाई थाहा छ त्यो तपाईँको पहलकदमी हो।"

    "अली समावेसी जति देखिनुपर्ने त्यति देखिएन। आउने कार्यक्रमको हकमा पनि समावेशी देखियोस्। कार्यक्रममा केही कमी कमजोरी देखियो। त्यसलाई आउने दिनमा सच्याउने छौँ," प्रचण्डले भने।

    प्रचण्डले केपी ओलीले चालेको प्रतिगमनको कदमलाई २हर हालतमा पराजित गर्ने बताए। उनले यसका बिरुद्ध आफू जीवनमरणको लडाइमा रहेको बताए।

    "तपाइ हामीले हाम्रो बिरासतलाई नयाँ उचाइमा उठाएर पहलकदमी लिनुपर्ने भएको छ । त्यसका लागि हामीले जीवन मरणको लडाइ लडनुपर्ने भएको छ ।" उनले भने। प्रचण्डले काठमाडौंमा ९ गते भएको प्रदर्शनबारे समिक्षा गर्दै अझै ठुलो प्रदर्शन गर्नुपर्ने देखिएको बताए ।

    "काठमाडौंमा अस्तिको भन्दा ठुलो जनप्रदर्शन गर्नुपर्ने भयो। टाउकोमै हान्नुपर्ने भयो। अहिले संघर्ष समितको तर्फबाट नयाँ कार्यक्रम घोषणा हुन्छ," उनले भने।

    प्रकाशित मिति :माघ १२ २०७७ सोमवार - १४:४५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij