Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

ओली समूहले माघ २३ गते रत्नपार्कमा जनसभा गर्ने, यस्तो छ तयारी

ओली समूहले माघ २३ गते रत्नपार्कमा जनसभा गर्ने, यस्तो छ तयारी


  • 6.8K
    Shares

    ओली समूहले माघ २३ गते रत्नपार्कमा जनसभा गर्ने, यस्तो छ तयारी
    images

    काठमाडौं । नेकपाको ओली समूहले माघ २३ गते राजधानीमा जनसभा गर्ने भएको छ । आज पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी उक्त जनसभाको तयारीबारे जानकारी गराएको हो ।

    वाग्मती प्रदेश कमिटीले जनसभामा लाखौं जनताको उपस्थिति गराउन मातहत कमिटीलाई निर्देशन दिन पनि दिएको छ । प्रदेश र उपत्यका विशेष प्रदेशका १७ वटा जिल्ला कमिटीहरुले माघ १४ भित्र ५०१ सदस्य रहेको जनसभा कमिटी गठन गरी सक्नुपर्ने बताइएको छ ।

    त्यस्तै उक्त कमिटीले आ-आफनो जिल्लामा जन परिचालन गरी सभामा व्यापक जनसहभागिताको गराउने, माघ १७ भित्र सबै पालिकामा ३०१ र वडा स्तरमा १०१ सदस्य रहेको जनासभा परिचालन कमिटी गठन गरी उक्त कमिटीले योजना बनाई घर-घरमा जनसभाको प्रचार गरी जनतालाई सहभागिता गराउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    जनसभा अघि मोटरसाइकल र्‍याली, सांस्कृतिक झाँकीलगायत प्रदर्शन गर्ने बताइएको छ । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

    प्रकाशित मिति :माघ १२ २०७७ सोमवार - १४:२८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij