२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परीषद् सिटइिभिटी, परीक्षा नियन्तण कार्यालयले डिप्लोमा तथा प्रमाण पत्र तहको निशुल्क छात्रवृत्ति कोटामा प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ । शैक्षिक सत्र २०७९ /०८०का लागि वर्गिकृत (निशुल्क) छात्रवृत्ति कोटामा प्रवेश परीक्षाका लागि आवेदन माग गरेको हो ।
छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७९ बमोजिम परिषद्बाट सञ्चालित सम्बन्धन प्राप्त, आंगिक, साझेदारी, टेक्स तथा निजी शिक्षालयहरुमा निर्धारण गरीएका वर्गिकृत (निशुल्क) छात्रवृत्ति कोटामा भर्नाका लागि (प्रमाण पत्र नर्सिङ बाहेक) आवेदा माग गरीएको छ ।
योग्यता पुगेका व्याक्तिहरुले साउन २९ गते आइतबारभित्र आवेदन फारम बुझाउनु पर्ने छ । न्युनतम योग्यता पुगेका आवेदकहरुले अनलाइनबाट प्रवेश परीक्षा शुल्क तिरी अध्ययन गर्ने शिक्षालयहरु प्राथमिकरण र परीक्षा केन्द्रको जिल्लाहरु छनोट गरी अनलाइन एप्लिकेशन फारम भर्नुपर्ने छ ।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij