Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

एसईईको नतिजा अपडेट: कति विद्यार्थीले ल्याए कुन जीपीए ? (विवरणसहित)

एसईईको नतिजा अपडेट: कति विद्यार्थीले ल्याए कुन जीपीए ? (विवरणसहित)


  • 2.8K
    Shares

    एसईईको नतिजा अपडेट: कति विद्यार्थीले ल्याए कुन जीपीए ? (विवरणसहित)

    राष्ट्रिय परीक्षा बोर्डले बुधबार एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका थिए।

    सार्वजनिक भएको परिणामअनुसार ३.६ देखि ४ जीपीए ल्याउने परीक्षार्थी ९ हजार ६ सय ३३ जना छन्। त्यसैगरी ३.२ देखि ३.६ जीपीए ल्याउने ४१ हजार ६२७ र २.८ देखि ३.२ जीपीए ल्याउने ६९ हजार ९०० जना छन्।

    २.४ देखि २.८ जीपीए ल्याउने ९० हजार ७५८, २ देखि २.४ जीपीए ल्याउने १ लाख १२ हजार ७३३ र १.६ देखि २ जीपीए ल्याउने १ लाख ५९४ जना छन्।

    १.२ देखि १.६ जीपीए ल्याउने परीक्षार्थी ४४ हजार ५८६ जना रहेको परीक्षा बोर्डले जनाएको छ। त्यसैगरी ०.८ देखि १.२ जीपीए ल्याउने ३ हजार २८० जना छन्। 

    एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।

    नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ ।  गत वैशाख ८ गतेदेखि संचालन गरिएको  थियो ।

    कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

    प्रकाशित मिति :श्रावण ११ २०७९ बुधवार - १५:२८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij