२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । काठमाडौं उपत्यकामा थप १२२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप १२२९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा ९६५, भक्तपुरमा ७५ र ललितपुरमा १८९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
यस्तै, बिहीबार नेपालमा थप २१०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij