Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

भुवन केसीले गरे पदभार ग्रहण, अध्यक्ष बनेका पितालाई अनमोलले दिए यस्तो शुभकामना

भुवन केसीले गरे पदभार ग्रहण, अध्यक्ष बनेका पितालाई अनमोलले दिए यस्तो शुभकामना


  • 3.2K
    Shares

    भुवन केसीले गरे पदभार ग्रहण, अध्यक्ष बनेका पितालाई अनमोलले दिए यस्तो शुभकामना

    काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले बुधबार पदभार ग्रहण गरेका छन् । चावहिलस्थित चलचित्र विकास बोर्डको कार्यालय पुगेर उनले कार्यभार सम्हालेका हुन् ।

    हाजिरी पुस्तिकामा हस्ताक्षरपछि कुरा गर्दै केसीले नेपाली फिल्म क्षेत्रको समस्याबारे आफू नजिकबाट जानकार रहेको बताए । चाँडै चलचित्रकर्मीलाई बोलाएर सुझाव संकलन गर्ने र सोहीअनुसार कार्यान्वयनतर्फ अघि बढ्ने आफ्नो योजना रहेको उनले बताए । सो अवसरमा केसीलाई कर्मचारी र अन्य पदाधिकारीले स्वागत गरे ।

    बुधबारै बोर्डले अध्यक्ष केसीको स्वागतमा कार्यक्रम समेत आयोजना गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट केसी अध्यक्षमा नियुक्त भएका हुन् । बोर्डमा अध्यक्षमा नियुक्त भएपछि केसीलाई चलचित्रकर्मीहरुले बधाई दिइरहेका छन् ।

    चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका पिता तथा अभिनेता भुवन केसीलाई अभिनेता अनमोल केसी पनि सामाजिक संजाल मार्फत बधाई तथा शुभकामना ब्यक्त गरेका छन् । फिल्म ‘छड्के २’ को वर्कसपका लागि केही दिनदेखि चितवनमा रहेका अनमोलले सामाजिक सञ्जालमा पितासँगको बाल्यकालको तस्विर पोस्ट गर्दै नेपाली शुभकामना दिएका हुन् । शुभकामनामा उनले पिताको कार्यकालमा फिल्मको श्री वृद्धिमा हुने विश्वास समेत ब्यक्त गरेका छन् ।

    उनले लेखेका छन, ‘बाटो हिँड्ने मान्छे भन्दा पनि बाटो बनाइदिने मान्छे महान हुन्छन् । म तपाईंलगायत तपाईंका समकालीन हस्तीहरुकै पाइलाहरु पछ्याउँदै यहाँसम्म आइपुगेको छु । आजबाट तपाईंको भूमिका झन् गहन बनेको छ । नेपाली सिनेमाको श्रीवृद्धिमा तपाईंको थप योगदान रहने कुरामा म ढुक्क छु । यो गौरवशाली अवसर प्राप्त गर्नु भएकोमा धेरै धेरै बधाई तथा शुभकामना बाबा । मेरो मार्गदर्शक, मेरो प्रेरणा ।’

    प्रकाशित मिति :श्रावण ११ २०७९ बुधवार - १०:३६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij