Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एसईईमा न्यूनतम ३५ अंक नल्याए फेल, यस्तो छ ग्रेड निर्धारणको नयाँ व्यवस्था

एसईईमा न्यूनतम ३५ अंक नल्याए फेल, यस्तो छ ग्रेड निर्धारणको नयाँ व्यवस्था


  • 3.5K
    Shares

    एसईईमा न्यूनतम ३५ अंक नल्याए फेल, यस्तो छ ग्रेड निर्धारणको नयाँ व्यवस्था

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले १०० पूर्णाङ्कको परीक्षामा न्यूनतम ३५ अंक नल्याए फेल हुने भएका छन् । लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने व्यवस्था गरिएको छ ।

    निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत भन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । विद्यार्थीले कुनै पनि विषयमा एनजी ल्याएको अवस्थामा कक्षा ११ मा पढ्न पाउने छैनन् ।

    निर्देशिका अनुसार कक्षा ८, १० र १२ मा सबै विषयको सैद्धान्तिक परीक्षामा न्यूनतम ग्रेड अर्थात ३५ प्रतिशत अंक ल्याएपछि मात्रै विद्यार्थीले मूल प्रमाणपत्र पाउनेछन् । त्यस्तै प्रयोगात्मक परीक्षामा भने न्यूनतम ४० अंक ल्याउनुपर्नेछ । एसईईमा यो पटकदेखि सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन फरक फरक रुपमा गरिएको छ ।

    ग्रेडका आधारमा प्रयोगतात्मकतर्फ सी र सैद्धान्तिकतर्फ डी ग्रेड ल्याउन नसक्ने विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् । मूल प्रमाणपत्र पाउन नसक्ने विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी विषयमा तोकिएको ग्रेड पाउन नसकेका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि तोकिएको ग्रेड पाउन नसकेका परीक्षार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्नेछ ।

    ग्रेड निर्धारणको नयाँ व्यवस्था

     

     

    क्र.स.

     

     

    उपलब्धि प्रतिशत

     

     

    स्तरीकृत अङ्क

     

     

    अक्षरमा उपलब्धिस्तर

     

     

    उपलब्धि स्तरको ब्याख्या

    ९० र सो भन्दा माथि ९० र सो भन्दा माथि ९० र सो भन्दा माथि सर्वोत्तम
    ८० र सो भन्दा माथि ९० भन्दा कम ४.० ए प्लस अच्‍युत्तम
    ७० र सो भन्दा माथि ८० भन्दा कम ३.६ एबी प्ल्स उत्कृष्ट
    ६० र सो भन्दा माथि ७० भन्दा कम ३.२ बी उत्तम
    ५० र सो भन्दा माथि ६० भन्दा कम २.८ सी प्लस सन्तोषजनक
    ४० र सोभन्दा माथि ५० भन्दा कम २.४ सीडी ग्राह्य
    ३५ र सो भन्दा माथि ४० भन्दा कम १.६ डी आधारभूत
    ३५ भन्दा कम एन जी अवर्गीकृत

    अक्षराङ्कन (ग्रेडिङ) विधिले सिकाइको गुणस्तर खस्किएको आवाज उठेपछि सरकारले ‘नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन कार्यदल’ गठन गरेको थियो । विद्यालय तहमा उतीर्ण हुन कुनै विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने सिफारिस गरेको थियो ।

    कार्यदलको सिफारिस अनुसार नै सरकारले सैद्धान्तिक र प्रयोगात्मक विषयमा न्यूनतम अङ्क ल्याउनैपर्ने व्यवस्था गरेको हो ।

    यसअघिसम्म अक्षराङ्कन (ग्रेडिङ) विधिमा सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर आउने कुल अङ्कको आधारमा मात्र ग्रेडिङ गर्ने गरिएको थियो । यसो गर्दा विद्यार्थीले सैद्धान्तिक वा प्रयोगात्मकमध्ये एउटा पक्षमा मात्र धेरै अंक ल्याउँदा पनि उतीर्ण हुने अवस्था थियो ।

    एसईईको नतिजा हेर्न सकिने साइटहरु

    राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा छिट्टै सार्वजनिक गर्दैछ । एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाईटबाट तथा एसमएमएस र आईभीआरबाट पनि विद्यार्थीले नतिजा हेर्न सक्नेछन् ।

    प्रकाशित मिति :श्रावण १० २०७९ मंगलवार - १८:१४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij