Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

किन राष्ट्र बैंकले बैकहरूलाई दिदैंछ साढे २ अर्ब

किन राष्ट्र बैंकले बैकहरूलाई दिदैंछ साढे २ अर्ब


  • 7.0K
    Shares

    किन राष्ट्र बैंकले बैकहरूलाई दिदैंछ  साढे २ अर्ब

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा २ अर्ब ४५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले निक्षेपको रुपमा बैंकहरुमा सो बराबरको रकम लगानी गर्न लागेको हो । 

    राष्ट्र बैंकले आफ्नो पेन्सन तथा उपदान कोषमा रहेको रकमबाट सो बराबरको रकम ३६६ दिने मुद्दती निक्षेपमा सो रकम राख्न लागेको हो । 

    राष्ट्र बैंकले बाणिज्य बैंकहरुमा १ अर्ब ९६ करोड ६९ लाख रुपैयाँ, विकास बैंकमा ३६ करोड ७५ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्नेछ । यसैगरी ग वर्गको फाइनान्स कम्पनीमा १२ करोड २५ लाख रुपैयाँ राख्न लागेको केन्द्रिय बैंकले जनाएको छ ।  

    आगामी फागुन २  गतेदेखि २०७८ फागुन २ गतेसम्मा लागि राष्ट्र बैंकले सो बराबरको रकम निक्षेप राख्ने छ ।  यसमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नुपर्ने शर्त राष्ट्र बैंकले राखेको छ । 

    राष्ट्र बैंकको यो निक्षेप लिनको लागि बैंक तथा वित्तिय संस्था सञ्चालन भएको दुई बर्ष पुगेको, तोकिएको न्युनतम पुँजीकोष कायम भएको, निस्क्रिय कर्जा पाँच प्रतिशत भन्दा कम भएको लगायत विभिन्न ११ वटा शर्त बैंक तथा वित्तीय संस्थाले पुरा गर्नु पर्नेछ ।

    यो रकम लिन चाहने बैंक तथा वित्तिय सँस्थाले माघ १४ गते दिउसो ३ बजेसम्म राष्ट्र बैंक अन्र्तगत वित्त व्यवस्थापन विभागमा आफुले लिन चाहेको रकम र दिन चाहेको ब्याज खुलाई आवेदन दिन सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

     

    प्रकाशित मिति :माघ १२ २०७७ सोमवार - ११:२८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij