Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता भदौमा

राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता भदौमा


  • 1.7K
    Shares

    राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता भदौमा
    images

    बनेपामा आउँदो भदौमा राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिताको आयोजना हुने भएको छ । नेपाल केनसिनकान कराते सङ्घले आगामी भदौ ४ गते शनिबार उक्त प्रतियोगिताको आयोजना गर्ने भएको हो । 

     उदयमान कराते खेलाडी उत्पादन तथा वर्तमान खेलाडीलाई प्रतियोगिताको माध्यमबाट आफ्नो क्षमता प्रदर्शनमा हौसला प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाइएको छ ।

    प्रतियोगितामा पुरुषतर्फ ३५, ४५, ५५ केजीमुनि र खुला तौल समूह तथा महिलातर्फ ३५, ५० केजीमुनि र खुला तौल समूह गरी जम्मा सात बजन समूहमा प्रतिस्पर्धा हुने सङ्घका महासचिव राजन खत्रीले जानकारी दिनुभयो । 

     प्रतियोगितामा विभागीय टिम, विभिन्न कराते सङ्घ, डोजोलगायतका निकायबाट करिब २५० खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ ।

    प्रतियोगितामा प्रत्येक वजन समूहमा प्रथम हुने खेलाडीलाई रु १५ हजार, द्वितीयलाई रु १० हजार र तृतीय हुने दुई खेलाडीलाई जनही रु पाँच हजार नगद पुरस्कारसहित पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

     यस्तै महिला तथा पुरुषतर्फ सर्वश्रेष्ठ खेलाडी घोषित गरी पुरस्कृत गरिने छ । प्रतियोगिता सञ्चालन गर्न विभिन्न पाँच समिति गठन भएका छन् ।

    नेपाल फुल कन्ट्याक्ट कराते महासङ्घबाट प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका लागि रु १४ लाख ६५ हजार खर्चिने जनाइएको छ ।

    प्रकाशित मिति :श्रावण ५ २०७९ बिहिवार - १५:२६:०८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij