Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

फागुन भित्रै १५ हजार शिक्षकको विज्ञापन गर्ने शिक्षक सेवा आयोगको यस्तो छ तयारी, कुन तहमा कति ?

फागुन भित्रै १५ हजार शिक्षकको विज्ञापन गर्ने शिक्षक सेवा आयोगको यस्तो छ तयारी, कुन तहमा कति ?


  • 45.0K
    Shares

    फागुन भित्रै १५ हजार शिक्षकको विज्ञापन गर्ने शिक्षक सेवा आयोगको यस्तो छ तयारी, कुन तहमा कति ?

    सिफारिस भएको आधा महिना सम्म पनि शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्तिको निर्णय भएको छैन । पदाधिकारी नियुक्ति भएको एक सातामै आयोगले १५ हजार स्थायी शिक्षकको विज्ञापन गर्ने अन्तिम तयारी गरेको जनाएको छ । 

    खुला र बढुवा तर्फ गरेर आयोगले प्राथामिक तह, निम्म माध्यामिक तह र माध्यमिक तहमा गरि १४ हजार ७ सय ५२ पदका लागि विज्ञापन आव्हान गर्ने जनाएको छ । त्यसका लागि आयोगले सबै तयारी पूरा गरेको छ तर पदाधिकारी नियुक्तीमा भएको बिलम्बका कारण कुनै प्रक्रिया अगाडी बढ्न नसकेको आयोग श्रोतले बताएको छ। 

    आयोगका अनुसार  २ हजार ६ सय ९१ बढुवा तर्फ र १२ हजार ६१ खुल्लातर्फको पद रहेको छ । आयोगले बढुवा शिक्षकतर्फ प्रावि प्रथम तहमा ३ सय ८४, प्रावि द्वितियमा १ हजार ३ सय २५, निमावि प्रथमतर्फ ६९, निमावि द्वितियतर्फ ३ सय ६४, मावि प्रथमतर्फ ९९, मावि द्वितियतर्फ ४ सय ५० गरी जम्मा २ हजार ६ सय ९१ पदको विज्ञापन खुला गर्ने तयारी गरेको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए । 

    यसमा २५ प्रतिशत आन्तरीक प्रतियोगात्मक परीक्षा (लिखित), ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनको आधारमा विभाजन हुने पनि उनले जानकारी दिए । उनकाअनुसार खुल्लातर्फ प्राथमिक तहको तृतीयमा ९ हजार १ सय ६, निम्न माविमा विभिन्न विषय गरेर १ हजार ९ सय १३ र माविमा विभिन्न विषय गरेर १ हजार ४२ गरी जम्मा १२ हजार ६१ पदका लागि विज्ञापन खुला गर्ने तयारी छ । 

    यसरी जम्मा आएका रिक्त दरबन्दीमध्येबाट ५५ प्रतिशत खुलामा जाने छ र बाँकी रहेको ४५ प्रतिशत पदहरु मध्येबाट समावेशी तर्फ जाने छ। आयोगका रिक्त रहेको तीन सदस्यीय पदाधिकारी मन्त्रिपरिषद्बाट सिफारीस भएर आएपछि उनिहरुको निर्णयपछि आयोगले विज्ञापन खोल्ने अन्तिम तयारीमा रहेको छ । श्रोतका अनुसार फागुन मसान्त अगाडी नै आयोगले पुगनपुग १५ हजार शिक्षकको विज्ञापन गर्दैछ।

    प्रकाशित मिति :माघ ११ २०७७ आइतवार - १३:१३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij