Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सङ्खुवासभा अज्ञात समूहले राखेको बम नेपाली सेनाद्वारा निष्क्रिय

सङ्खुवासभा अज्ञात समूहले राखेको बम नेपाली सेनाद्वारा निष्क्रिय


  • 7.8K
    Shares

    सङ्खुवासभा अज्ञात समूहले राखेको बम नेपाली सेनाद्वारा निष्क्रिय

    संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–४ फापुङ भन्ने ठाउँमा फेला परेको सिलिन्डर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । बिहीबार दिउँसो फेला परेको सिलिन्डर बम सेनाले निष्क्रिय पारेको हो ।

    पाँचखपन नगरपालिका–४ फापुङदेखि वाना हुँदै खाँदबारी निस्कने कच्ची सडक नजिक झाडीमा राखिएको बम खाँदबारीस्थित नेपाली सेनाको बराह दल गुल्मले निष्क्रिय पारेको हो ।

    ओहोरदोहोर गर्ने सर्वसाधारणले शंकास्पद बस्तु देखिएपछि प्रहरीलाई खबर गरेका थिए । अज्ञात समूहले सडकमा बेवारिसे अवस्थामा छोडेको बम सेनाले निष्क्रिय पारेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आयार्यले बताए । 

    प्रकाशित मिति :मंसिर ४ २०७७ बिहिवार - १६:०८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij