Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

आजदेखि  राप्ती हाइड्रोको आइपिओ खुल्यो, कसले कति आवेदन दिन सकिने

आजदेखि  राप्ती हाइड्रोको आइपिओ खुल्यो, कसले कति आवेदन दिन सकिने


  • 2.4K
    Shares

    आजदेखि   राप्ती हाइड्रोको आइपिओ खुल्यो, कसले कति  आवेदन दिन सकिने

    आजदेखि  राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले  आइपिओ निष्काशन गरेको छ। 

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गरेको सेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।

    निष्काशन गरिने कुल सेयरमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरूका लागि ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। लगानीकर्ताले बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    गानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २१ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सक्नेछन्। यसका साथै मेरो सेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ।

    कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 

    प्रकाशित मिति :आषाढ ३० २०७९ बिहिवार - १०:५३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij