२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन ३६ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज १७४१.८ बिन्दुको सुरु भएको कारोबार ३६.३२ विन्दुले वृद्धि भई १७७८.१२ मा पुगेको छ ।
यस्तै, सेन्सेटिभ परिसूचक भने ४.९८ अंकले बढेर ३४३.०७ मा पुगेको हो । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै उपसमुह उकालो लागेका छन् ।
यस्तै आज कारोबारमा आएका कूल १९८ कम्पनीको एक करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर रु छ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ बराबरको कारोबार भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij