२०८२ माघ ११ गते आइतवार
साताको दोस्रो कारोबार दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार ७७.०१ अंकले घटेर १९१५.६१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८० अंकले बढेर १९१६.४१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०३ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ५ स्टकको २ लाख ३८ हजार ९३९ रुपैयाँ बराबरको ५२४ कित्ता शेयर खरिदबिक्री भएको छ। ३ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij