२०८२ माघ ७ गते बुधवार
बिएस बलामीले निर्देशन गरेको फिल्म ‘प्रपञ्च’को पहिलो गीत सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ‘मुटुमा सास भर्ने आधार’ बोलको गीत सार्वजनिक गरिएको हो। रोमान्टिक गीतमा अभिनेता सुमन थापा र मेनुका माझी फिचर्ड छन्।
शंकर श्रेष्ठ र श्रद्धा दियालीको स्वर रहेको गीतमा दिनेश सुवेदीको शब्द र सन्तोष प्रगाढको संगीत छ। यो गीतलाई तेञ्जु योन्जनले कोरियोग्राफी गरेकी छन्।
फिल्ममा सुमन र मेनुकासँगै सिद्धार्थ सिंह, ध्रुव कोइराला, पियुस मगर, मनिल तामाङ, प्रकृति केसी, जोश्ना सिम्खडा, सिजन तिवारीलगायत कलाकारको अभिनय छ। फिल्मको कथा प्रकाश कुँवरले तयार पारेका हुन्।
बद्री शाह, अनिल गुप्ता र रविराज आचार्य निर्माता रहेको फिल्ममा कार्यकारी निर्मातामा शिवानी बलामी छिन्।
दिवस गुरुङले छायांकन गरेको फिल्मलाई प्रविन ढकालले सम्पादन गरेका छन्। यो फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ।यो फिल्म असोज २१ गतेदेखि प्रदर्शन हुनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij