Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

शिक्षकलाई सबैभन्दा धेरै तलब सुविधा दिने रवि लामिछानेको प्रतिबद्धता

शिक्षकलाई सबैभन्दा धेरै तलब सुविधा दिने रवि लामिछानेको प्रतिबद्धता


  • 9.5K
    Shares

    शिक्षकलाई सबैभन्दा धेरै तलब सुविधा दिने रवि लामिछानेको प्रतिबद्धता
    images

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले योग्य शिक्षकलाई राज्यबाट सबैभन्दा बढी तलब सुविधा दिइने बताएका छन् । शनिवार चितवनमा गरिएको भेलालाई सम्बोधन गर्दै लामिछानेले राष्ट्रको सबैभन्दा बढी लगानी शिक्षामा गरिने बताउँदै सो कुरा बताएका हुन् ।

    सभापति लामिछानेले शिक्षा प्रणालीमा व्यापक सुधार गर्ने बताउँदै कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने बताए । पाठ्यपुस्तक र विद्यालयको कक्षा कोठा अन्तर्राष्ट्रिय मापदण्डको बनाउने उल्लेख गरे । प्राविधिक, नैतिक, ज्ञानमूलक, रोजगारमुखी र देशै भरी एउटै मापदण्डका शिक्षा प्रणालीको व्यवस्था गर्ने बताए । योग्य शिक्षकलाई राज्यबाट सबैभन्दा बढी तलब सुविधा दिइने उनले बताए । 

    उनले भने–‘यो देशमा सबैभन्दा धेरै तलब कसैको हुनेछ भने शिक्षकको हुनेछ । राष्ट्रको सबैभन्दा लगानी केहीमा गरिने छ भने त्यो शिक्षामा लगानी गरिनेछ ।’

    प्रकाशित मिति :आषाढ २६ २०७९ आइतवार - ०७:१३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij