२०८२ माघ ११ गते आइतवार
अप्पर सोलु इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने समय आज बिहीबार सकिँदैछ। यही असार २० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय बिहीबार सकिन लागेको हो।
कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको हो।
लगानीकर्ताले न्यूनतम १० देखि अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो सेयरको वेब तथा एपमार्फत् पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij