Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कृषि विकास बैंकले खुलायो ४४६ पदमा रोजगारी, यसो भन्छन बैकका सीइओ

कृषि विकास बैंकले खुलायो ४४६ पदमा रोजगारी, यसो भन्छन बैकका सीइओ


  • 10.7K
    Shares

    कृषि विकास बैंकले खुलायो ४४६ पदमा रोजगारी, यसो भन्छन बैकका सीइओ

    सरकारी स्वामित्वको मुलुककै अग्रणी बैंक कृषि विकास बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले बढुवा, आन्तरिक र खुला गरी कुल ४४६ पदमा जागिर खुलाएको हो ।

    बढुवाका लागि ९० जना, आन्तरिक प्रतिस्पर्धाबाट ३० जना र खुलामा ३२६ जनाका लागि बैंकले शुक्रबार दरखास्त आह्वान गरेको छ ।

    बैंकले विभिन्न पदमा खुलातर्फ १८१ जना, महिलातर्फ ५२, आदिवासी जनजातीतर्फ ३७ जना, मधेसी ३० जना, दलित १३ जना, अपांगतर्फ ६ जना र पिछडिएको क्षेत्रतर्फ ७ जनाका लागि विज्ञापन खुलाएको हो ।


    बैंकले लेखापालदेखि वरिष्ठ शाखाप्रमुखसम्मका लागि खुला प्रतिष्पर्धाका लागि विज्ञापन खुलाएको हो । त्यसैगरी बढुवातर्फ विभागीय प्रमुखमा ३ जना, शाखा प्रमु्खमा ४२ जना, शाखा अधिकृतमा २२ जना र कार्यालय सहायकमा २३ जनाका लागि खुलाएको छ ।

    त्यस्तै, आन्तरिक प्रतिष्पर्धातर्फ विभागीय प्रमुखमा १ जना, शाखा प्रमुखमा ११ जना, शाखा अधिकृतमा ७ जना र कार्यालय सहायकतर्फ ११ जनाका लागि विज्ञापन खुलाएको छ ।

    इच्छुक आवेदकले माघ ९ गतेदेखि २९ गतेसम्म अनलाइनबाट आवेदन दिन सक्नेछन् । कर्मचारीको संख्या कम भएकाले नयाँ कर्मचारी भर्ना गर्न लागिएको बैंकको सीइओ अनिल उपाध्यायले जानकारी दिए ।

    ‘दरबन्दी अनुसार पनि बैंकमा कर्मचारी छैनन्, दक्ष जनशिक्तको अभावमा बैंक प्रतिस्पर्धी बन्न सक्दैन र उल्लेख्य प्रगति पनि गर्न सक्दैन,’ सीइओ उपाध्यायले  भने, ‘त्यसैले नयाँ कर्मचारी माग गरेका हौं ।’

    यो बैंक कृषि क्षेत्रको नेतृत्व गर्ने रणनीति अनुसार अघि बढिरहेको छ । सरकारी लगानी रहेकाले यो बैंकको जागिरमा आकर्षण छ ।

    ‘सरकारी लगानीको भएकाले कृषि विकास बैंकको परीक्षा लोकसेवा आयोगले लिन्छ,’ उपाध्यायले भने, ‘कसैलाई सोर्सफोर्स लाग्ला कि भन्ने लागेको छ भने त्यो पूर्ण भ्रम हो ।’

    140948238_443612800109343_192028147502903471_n.jpg

    प्रकाशित मिति :माघ ९ २०७७ शुक्रवार - १६:१५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij