२०८२ भाद्र २ गते सोमवार
पोखरा । पोखरामा २५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-१ निवासी २५ वर्षीया महिलाको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत महिलाको बिहीबार राति मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले बताए । महिलाको स्वास्थ्यमा समस्या देखिएपछि गरिएको कोभिड–१९ परीक्षणमा यही माघ ५ गते संक्रमण पुष्टि भएको डा. शर्माले बताए ।
महिलामा मृगौलाको समस्यासहित अन्य दीर्घ रोगहरु समेत रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३ पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij