Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

कुमारी बैंकको आकर्षक डिजिटल इन्सेन्टिभ योजना

कुमारी बैंकको आकर्षक डिजिटल इन्सेन्टिभ योजना


  • 10.2K
    Shares

    कुमारी बैंकको आकर्षक डिजिटल इन्सेन्टिभ योजना
    images

    काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई लक्षित गरी डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन दिने उद्देश्यले आकर्षक इन्सेन्टिभ योजना सुरु गरेको छ ।

    उक्त योजना अन्तर्गत २०७७ पौष १ पश्चात् कुमारी बैंकको मोबाइल एप्लिकेसन “ कुमारी स्मार्टमा ” रजिष्टर भएका ग्राहकहरुले वार्षिक मोबाइल रेजिस्ट्रेसन शुल्कमा रु १०० फिर्ता पाउनेछन् । सो रकम फिर्ता पाउन ग्राहकवर्गले रेजिस्ट्रेसन गरेको मितिदेखि ३ महिना भित्रमा कुमारी स्मार्ट मार्फत रु २,००० सम्मको कारोबार गरेको हुनुपर्नेछ ।

     सो कारोबारमा कुमारी स्मार्ट मार्फत गरिएका हरेक क्यू आर भुक्तानी, टपअप तथा पानी, बिजुली, इन्टरनेट, टिभी भुक्तानी लगायत स्कुल कलेजको फी तथा मर्चेन्टको बिल भुक्तानी समेत सम्मिलित हुनेछन् । यो योजना सिमीत अवधीको लागी मात्र रहनेछ । सो च्भ्ँग्ल्म् योजनाले सेवाग्राहीहरुमा डिजिटल भुक्तानी प्रणालीतर्फ उत्साह जगाउने र डिजिटल प्रविधिको अधिकतम प्रयोग तर्फ डो¥याउनेमा बैंकका डिजिटल प्रमुख श्री अनिष ताम्राकार विश्वस्त हुनुहुन्छ ।    

    विगत २० वर्षदेखि निरन्तर आधुनिक बैंकिंग सेवासुविधाहरु दिंदै आएको कुमारी बैंकले डिजीटलीकरणलाई आत्मसाथ गर्दै आगामी दिनहरुमा आफ्ना देशव्यापी १९२ शाखा संजाल, १५६ एटिएम लगायत २३ शाखाराहित बैंकिंग ईकाईहरु मार्फत अझ द्रुत गतिमा प्रभावकारी बैंकिंग सेवा सुविधाहरु पुर्याउदै जाने प्रतिबद्धता गरेको छ ।   

    प्रकाशित मिति :माघ ९ २०७७ शुक्रवार - १३:०९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij