Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

ह्याम्स र स्टारको नक्कली रिपोर्टले झस्कियो नेपाल एयरलाइन्स, सरकारी रिपोर्टलाई मात्रै मान्यता

ह्याम्स र स्टारको नक्कली रिपोर्टले झस्कियो नेपाल एयरलाइन्स, सरकारी रिपोर्टलाई मात्रै मान्यता


  • 7.9K
    Shares

    ह्याम्स र स्टारको नक्कली रिपोर्टले झस्कियो नेपाल एयरलाइन्स, सरकारी रिपोर्टलाई मात्रै मान्यता

    काठमाण्डौँ । काठमाण्डौँ उपत्यकाका दुई निजी अस्पताल र दुई ल्याबले कोरोना संक्रमणको नक्कली रिपोर्ट बनाउने गरेको पाइएको छ ।

    ह्याम्स अस्पताल, स्टार अस्पताल, सूर्या हेल्थ केयर र सेन्टर डाइगोनोस्टी ल्याबरोटरीले विदेश जानेहरुलाई नक्कली रिपोर्ट दिने गरेको पाइएको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र छाउनी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै यी ल्याबबाट विदे जाने मानिसहरुलाई नेगेटिभ रिपोर्ट दिने गरेको पाइएकाले छानबिन गर्न आग्रह गरेको छ ।

    मन्त्रालयले ती अस्पताल र ल्याबहरुले स्वाब संकलनपश्चात निर्धारित समयसम्म भण्डारण गरेर राख्नुपर्नेमा उक्त नगरेको, स्वाब संकलनपश्‍चात् पनि रिपोर्ट मनिपलुसन गरी पोजेटिभ रिपोर्ट दिने गरेको पत्रमा उल्लेख गरेको छ ।

    मन्त्रालयले यस्तो परिस्थिति बाराम्बार सिर्जना भएमा नेपाल भित्र हुने गरेको कोरोना परीषणको विश्वसनियतामा प्रश्न उठ्न सक्ने फलस्वरुप राष्ट्रिय छविसमेत धुमिल हुन सक्ने तथा नियमित उडानहरुमा समेत असर पर्न सक्ने हुनाले यसलाई न्यूनिकरण गर्नका लािग आवश्यक छानबिन र कारबाही गर्न माग गरेको छ ।

    मनत्रालयले उक्त अस्पतालहरुलाई कारबाही गर्नका लागि नेपाल वायुसेवा निगमबाट प्राप्त भएका प्रमाणसमेत पेश गरिएको बताएको छ । कोरोना रिपोर्ट लिएर हङकङ, दुबई, यूएई र जापानको नारिता पुगेका यात्रुहरुमा कोरोना संक्रमण पाइएपटि पर्यटन मन्त्रालयले छानबिन गरेको थियो ।

    सरकारले ती चार वटै प्रयोगशालालाई कोरोना परीक्षण गर्ने स्वीकृति प्रदान गरेको छ । नेगेटिभ रिपोर्ट लिएर गएका यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि विभिन्न देशले निगमलाई सचेत गराउँदै आएको छ । ल्याबहरुका यस्ता खालका गल्तीले राष्ट्रिय ध्वजावाहक विमान कालोसूचीमा पर्ने खतरा रहेको निगमका कर्मचारीको गुनासो छ ।

    सरकारी ल्याबको रिपोर्ट मात्रै मान्यता :

    विदेशमा पटकपटक चेतावनी पाएपछि नेपाल एयरलाइन्सले सरकारी अस्पतालको ल्याबबाट ल्याएको रिपोर्टलाई मात्रै मान्यता दिने बताएको छ ।

    बोर्डको बैठकले निजी ल्याबबाट कोरोना परीक्षण गरिएको रिपोर्टलाई मान्यता नदिने निर्णय भएको निगमकी सूचना अधिकारी करिस्मा श्रेष्ठले जानकारी दिइन् । 

    प्रकाशित मिति :मंसिर ४ २०७७ बिहिवार - १५:१२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij