२०८२ भाद्र ७ गते शनिवार
सबै जना लाई मेरो हार्दिक नमस्कार!
म संघवान प्राथमिक कक्षा ६ मा पढ्ने शृस्टी हुँ।
तपाईहरु भविस्यमा के बन्ने आशा लिनुभएको छ ?
म अहिले सम्म हुर्किदै जादा मेरो भबिस्यको लक्ष्य धेरै पटक फेरिदै आइरहेको छ! सर्बपर्थम म ६ वर्षको हुदा पाइलट बन्न चाहन्थे, तर मलाई त्यो बेलामा पाइलट भन्न नजानेर हवाईजहाज बन्न चाहन्छु भन्थे। अहिले सम्झ्यो भने अलि हासो लाग्छ।
जब म आठ बर्सको थिए, मलाई पशुहरु धेरै मनपर्ने भएर पशु चिकित्सक पेशागर्ने सोच बनाएको थिए तर अध्ययनगर्ने बेलामा पशु चिकित्सक पेशा अफ्ठ्यारो हुने थाहा पाएपछि अर्को सपना लिने निर्णय गरे। तेस पछीको अर्को सपना कुकुर प्रशिक्षक बन्ने थियो। एस्तो सपना लिनुको कारण कुकुरलाइ तालिम दिने र नटेर्ने कुकुरलाई वशमा पार्न सकिने बनाउनु थियो।
मैले त्यो सपना दश(10) वर्षको हुँदा बनाएर म बार्ह (12)वर्षको उमेरसम्म राखेँ,जब मैले 'कोकोस्यानेल’ नामको एक महान् व्यक्तिको बारेमा एउटा पुस्तक पढें। ‘कोकोस्यानेल’ बिसौ(20)औं शताब्दीको सबैभन्दा ठूलो फेसन डिजाइनर थिए। भनिन्छकि ‘कोकोस्यानेल’ले सुन्दर लुगाहरू मात्र डिजाइन नगरी काँधमा झुण्ड्याउन सकिने ह्यान्डब्यागहरू बनाउने जस्ता सुविधालाई पनि महत्त्व दिन्थे। 'स्यानेल' अहिले एक लक्जरी महिला ब्रान्ड भएको छ। उनको महापुरुष प्रदर्शनी देखेपछि, मलाई फेसन डिजाइनरको रूपमा करियर बनाउन रुचि जाग्यो। त्यसैले मैले फेसनका पुस्तकहरू खोज्ने वा अन्य फेसन डिजाइनरहरूको उत्कृष्ट मान्यतालाइ पढ्नको लागि धेरै अनुसन्धान गरें।
अहिले मपनि रिफुम गर्दैछु र मेरो सपना नजिक आइरहेको महसुस गरेको छु। यो मेरो भविष्यको आशावादी यात्रा हो। तर, यो स्क्रिप्ट लेख्दैगर्दा, म अचानक साथीहरूको भविष्यको आशाको बारेमा उत्सुक हुन थाले। त्यसैले, मेरा केही नजिकका साथीहरूलाई उनीहरुको भबिस्यको आशा के हो भनेर सोधें। पहिलो साथीले मलाई कुक बन्न मन लागेको बताए। मैले कारण सोध्दा उनीले आफूले पकाउने कुरामा बिस्वस्त भएकोले भने। र दोस्रो साथीले भने उनि बेकर बन्न चाहन्छन्। मैले साथीलाई कारण सोध्दा उनले पाउरोटी बनाउन मनपर्ने बताए। अनि मैले अन्तिम अर्को साथीलाई सोध्दा उनले गायक बन्ने बताए। कारण गाउन मन लाग्ने भएकोले भने । साथीहरूको भविष्यका आकांक्षाहरू धेरै विविध रहेछन भन्ने सोचे।
आग्न्द्रेले भने जस्तै 'लामो समयदेखि सपना देखनेहरु अन्तत उनीहरुको त्यो सपनाहरू मिल्दोजुल्दो हुनेछन्'। यदि आफ्नो सपना पुरा गर्न कडा मिहिनेत गर्यो भने गर्न नसकिने केही छैन भन्ने मलाई लाग्दछ। भविष्यमापनि आफ्नो सपना पूरा गर्न मैले धेरै कडा परिश्रम गरिनै रहनेछु।
शृस्टी थापा
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij