२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । बाग्मती प्रदेशसभाका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका विषयमा आफ्नो धारणा बनाउन कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बैठक बसिरहेको छ।
सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र तीन नम्बर प्रदेशका केन्द्रीय सदस्यहरुबीच बैठक जारी रहेको सभापति देउवाको स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
शुक्रबार देउवा निवास बुढानीलकण्ठमा वर्तमान र पूर्वपदाधिकारीलाई डाकिएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्ने भनि बैठक बोलाइएको हो ।
कांग्रेसले बिहीबार कांग्रेसले गरेको प्रदर्शनको समीक्षा गर्ने गरी बैठक बोलाइएको हो । यस्तैगरी प्रदेश १ र बागमती प्रदेश सभामा पेश भएको मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव र कांग्रेसको रणनीतिबारे समेत छलफल हुने तालिका रहेको बताइएको छ ।
नेकपाको आन्तरिक विवादका कारण दाहाल–नेपाल पक्षले दुबै प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याएकाले कांग्रेस ती प्रदेशमा निर्णायक बनेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij