Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कृषि विकास बैंकले माग्यो ३२६ कर्मचारी (सूचनासहित)

कृषि विकास बैंकले माग्यो ३२६ कर्मचारी (सूचनासहित)


  • 8.7K
    Shares

    कृषि विकास बैंकले माग्यो ३२६ कर्मचारी (सूचनासहित)

    काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले रिक्त रहेका पदहरुमा ३२६ जना कर्मचारीको माग गरेको हो । 

    बैंकले प्रशासन तर्फ वरिष्ठ शाखा प्रमुख ३ जना, शाखा प्रमुख ५ जना, वरिष्ठ लेखा अधिकृत १७ जना, व्यवसाय अधिकृत ४४ जना, एम आई सी अधिकृत ४ जना, कम्प्यूटर अधिकृत ४ जना, कानुन अधिकृत ९ जना, व्यवसाय सहायक ११९ जना, कानुन सहायक ३ जना र लेखापाल ६२ जना गरि जम्मा २७० जना कर्मचारी माग गरेको छ ।

    त्यस्तै प्राविधिक तर्फ, वरिष्ठ आइटी इन्जिनियर ८ जना, आइटी इन्जिनियर ११ जना, सिभिल इन्जिनियर ३ जना, कर्जा अधिकृत २० जना र ऋण सहायक १४ जना गरी २६ जनाको दरखास्त आह्वान गरेको बैंकले जनाएको छ ।

    इच्छुक योग्यता पुगेका नेपाली नागरिकले माघ ९ गतेबाट माघ २९ गतेसम्म र दोब्बर दस्तुर तिरी माघ ३० गतेदेखि फागुन ६ गतेसम्म दरखास्त आवेदन दिन सक्नेछन् ।

    kkkk.jpg

    प्रकाशित मिति :माघ ९ २०७७ शुक्रवार - ११:२५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij