Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि बहस

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि बहस


  • 5.4K
    Shares

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि बहस
    images

    काठमाडौं । सर्वोच्च अदालतमा "हेर्दाहेर्दै"मा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा कानुन व्यवसायीले आज पनि बहस गर्दैछन् ।

    प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा, न्यायाधीशहरू विश्‍वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र  तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।  

    हिजो ६ जना कानुन व्यवसायीले बहस गरेका थिए । इजलासमा बोल्दा धेरै समय लिने, विषयवस्तु दोहोर्‍याउने गरेकाले कानुन व्यवसायीलाई समय तोक्न थालिएको छ । 

    एउटै विषयमा १३ वटा निवेदन सर्वोच्चमा छन् । ती रिट निवेदनको तर्फबाट आज पनि कानुन व्यवसायीले बहस गर्नेछन् । हिजोसम्म चारजना रिट निवेदकको तर्फबाट बहस भएको छ । 

     

    प्रकाशित मिति :माघ ९ २०७७ शुक्रवार - ११:०९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij