Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

सुर्खेत पुगेर माधवले ओलीलाई आजै बाट घोक्रेठ्याक लगाउने भन्दै ओली बिरुद्द फुके शंख 

सुर्खेत पुगेर माधवले ओलीलाई आजै बाट घोक्रेठ्याक लगाउने भन्दै ओली बिरुद्द फुके शंख 


  • 8.6K
    Shares

    सुर्खेत पुगेर माधवले ओलीलाई आजै बाट घोक्रेठ्याक लगाउने भन्दै ओली बिरुद्द फुके शंख 
    images

    सुर्खेत । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री तथा साबिक नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई आजकै मितिबाट साधारण सदस्यतबाट निष्कासनको घोषणा गरेका छन् ।

    सुर्खेतको वीरेन्द्रनगरमा बिहीबारआयोजित आभसभालाई सम्बोधन गर्दै नेपालले ओलीलाई आजै कम्युनिष्ट पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने तयारी भइरहेको बताए ।

    नेपालले भने– आज पार्टीबाट हटाउने अन्तिम चरणमा छौं । आजकै मितिबाट साधारण सदस्यबाट निष्कासन गर्न गइरहेका छौं । हामीले ३ दिनको स्पष्टीकरण मागेका थियौं तर चार दिनसम्म स्पष्टीकरण दिएनन् । उनले स्पष्टीकरण दिने हिम्मत पनि राख्दैनन् ।

    बालुवाटारमा लगेर सुरेन्द्र पाण्डे र श्रीराम ढकालले स्पष्टीकरणको पत्र बुझाएको तर ओलीले जवाफ दिने आँट नभएको दावी नेपालले गरे । उनले आजै चिठी लेखेर ओलीलाई साधारण सदस्यबाट निष्कासन गर्ने बताए ।

    प्रकाशित मिति :माघ ८ २०७७ बिहिवार - १५:३७:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij