चर्चित टेलिश्रृंखला ‘तीतो सत्य’ फेम अभिनेता राज आचार्य र ‘इन्टुमिन्टु लण्डन’की अभिनेत्री सुनिशा बजगाईं बैवाहिक बन्धनमा बाधिएका छन्।
उनीहरुले रातोपुलस्थित शिवम् पार्टी प्यालेसमा हिन्दु परम्पराअनुसार विवाह गरेका हुन् । परिवार र निकट आफन्तको उपस्थितिमा उनीहरुको विवाह समारोह भएको हो।
मंगलबार विवाह सम्पन्न भएपछि बुधबार कलाकार र अन्यका लागि रिसेप्सनको आयोजना गरिएको छ । एक वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले बिहेमा परिणत गरेका हुन् ।