Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल इन्भेष्टमेण्ट बैंकले पारित गर्यो १८.५% लाभांश

नेपाल इन्भेष्टमेण्ट बैंकले पारित गर्यो १८.५% लाभांश


  • 8.5K
    Shares

    नेपाल इन्भेष्टमेण्ट बैंकले पारित गर्यो १८.५% लाभांश

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)को ३४औं वार्षिक साधारण सभाले १८.५% कुल लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये १३ प्रतिशत लाभांश (बोनस सेयर) र बैंकको कुल चुक्ता पुँजीको ५.५ प्रतिशत नगद लाभांश प्रदान गरिने बैंकले जनाएको छ ।  ।

    यस वर्ष बैंकले रु ३.५१ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७६/७७ मा बैंकको खुद नाफा २.४२ अर्ब रुपैयाँ पुगेको छ भने बैंकको कुल चुक्ता पुँजी १४.२४ अर्ब रुपैयाँ पुगेको छ । 

    आर्थिक वर्ष २०७६/७७ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल रु १५२ अर्बबाट वृद्धि भई १६६ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको रु १२७ अर्बबाट वृद्धि भइ रु १४१ अर्ब रुपैयाँ पुगेको छ ।
     

     

    प्रकाशित मिति :माघ ८ २०७७ बिहिवार - १३:१९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij