२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का (ओली समूह)को सप्तरीमा हुन लागेको कार्याक्रम बिथोल्न खोजेको भन्दै प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
ओली समूहका नेता महेश बस्नेतको नेतृत्वमा बिहीबार सप्तरीमा मोटरसाइकल र्याली र प्रशिक्षण कार्यक्रम हुँदैछ । उक्त कार्यक्रमलाई बिथोल्न खोजेको भन्दै प्रहरीले बिहीबार बिहान प्रचण्ड–माधव समूहका छेदी रजक, बिनोद यादव, वडा अध्यक्षसमेत रहेका प्रेम यादवलगायतलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा छेदी रजक, बिनोद यादव, प्रेम यादवलगायत रहेका छन्। पक्राउ गरिएको उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij