Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

ई-सेवाले ल्यायो यस्तो नयाँ योजना, ५५ रुपैयाँ क्यासब्याक पाइने !

ई-सेवाले ल्यायो यस्तो नयाँ योजना, ५५ रुपैयाँ क्यासब्याक पाइने !


  • 3.8K
    Shares

    • images
    ई-सेवाले ल्यायो यस्तो नयाँ योजना, ५५ रुपैयाँ क्यासब्याक पाइने !
    images

    ई-सेवाले नयाँ योजना सार्वजनिक गरेको छ। कम्पीले '५५ मिनेटको धमाका अफर' योजना सार्वजनिक गरेको हो। 

    उक्त अफरअन्तर्गत असार ५ गते आइतबार ई-सेवामा आफ्नो बैंक अकाउन्ट लिंक गरी कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक पाइनेछ। 

    ई-सेवाले आम ग्राहकहरूले घरमै बसेर कारोबार गर्न सकुन् भन्ने उदेश्यले यो योजना सार्वजनिक गरेको बताएको छ। यस योजनामा सहभाागी हुन अकाउन्ट लिंक गरी कारोबार गर्नु पर्ने हुन्छ भने अकाउन्ट भेरिफाई पनि भएको हुनुपर्छ।

    ई-सेवाले हाल एण्ड्रोइड मोबाइलमा ५२ लाख र आइओसमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकहरूलाई एपमार्फत सेवा प्रदान गरिरहेको छ। ई-सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत सहजता ल्याएको छ। 

    ई-सेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ। यसमा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन्। यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

    प्रकाशित मिति :आषाढ ५ २०७९ आइतवार - १२:१९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij