२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौँ । लम्बेतान बहस गर्नमा वकिलहरुले ज्यादा रुची देखाए पछि समयसीमा लगाएको सर्बोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि सुनुवाइका लागि ३० मिनेटको समय निर्धारण गरे पछि भएको बहसमा चर्काचर्की भएको छ । न्यायाधीश अनिलकुमार सिन्हा बहसमा रहेका अधिवक्तासँग झोक्किएका छन् ।
रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा प्रतिनिधि सभा पुनस्स्थापना हुँदैन भन्दै हिँडेको र अदालतलाई प्रभावित पार्न खोजेको विषयमा प्रश्न उठाउँदा न्यायाधीश सिन्हा झोक्किएका हुन् ।
"सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा प्रतिनिधि सभा पुनस्स्थापना हुँदैन भन्दै हिँड्नुभएको छ । अदालतलाई प्रभाव पार्ने गरी, दबाब दिने गरी बोलिरहनुभएको छ," न्यौपानेले यति भनेपछि न्यायाधीश सिन्हा झोक्किए ।
"उहाँले के बोल्नुभयो भन्ने कुरा होइन, तपाईं आफ्नो कुरा राख्नुस् । उहाँले के बोल्नुभयो भन्ने कुरामा हामी प्रभावित हुँदैनौं । तपाईंको निवेदनका विषयमा बोल्नुस्, हामी त्यसलाई एड्रेस गर्छौं," सिन्हाले झोक्किँदै भने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij