Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्रधानमन्त्रीलाई विघटनको अधिकारै छैन भनेर जिद्दी गरेपछि प्रधानन्यायाधीशले जंगिदै गरे प्रश्नै प्रश्न 

प्रधानमन्त्रीलाई विघटनको अधिकारै छैन भनेर जिद्दी गरेपछि प्रधानन्यायाधीशले जंगिदै गरे प्रश्नै प्रश्न 


  • 13.9K
    Shares

    प्रधानमन्त्रीलाई विघटनको अधिकारै छैन भनेर जिद्दी गरेपछि प्रधानन्यायाधीशले जंगिदै गरे प्रश्नै प्रश्न 
    images

    काठमाडौं । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले प्रतिनिधिसभा विघटनको मुद्दामा संवैधानिक इजलासमा नेपालको संविधानको धारा ७६ को व्याख्या गरेपछि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आक्रामक ढंगले प्रतिप्रश्न गरेका छन् ।

    बुधवार बहसको सुरूवात गरेका ज्ञवालीले धारा ७६ को उपधारा (१) र (२) अन्तर्गत प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकारै नभएको जिकिर गरेका थिए। उनले उपधारा ३, ४ र ५ लाई विश्वासको मत लिन नसकेको अवस्थामा ७ अनुसार जानुपर्ने बताउँदै संघीय व्यवस्थामा प्रधानमन्त्री जहिले पनि कमजोर हुने तर्क गरे ।

    "६४ प्रतिशत बहुमत भए पनि प्रधानमन्त्री कमजोर हुन्छ । विघटनमा जान सकिँदैन। अहिले संसद बलियो हो। सरकार कमजोर हो। संघीयतामा पावर शेयरिङ भएकाले प्रधानमन्त्री कमजोर हुने हो। ७६ को दुईवटा धाराले विघटनको परिकल्पना गरेकै छैन," उनले भने ।

    ज्ञवालीले संविधानको धारा १०० (२) अनुसार अविश्वासको प्रस्ताव आएमा विश्वासको मत लिनुपर्नेमा त्यसो नगरिएकाले यो "जुडिसियल रिभ्यु"को प्रश्न भएको बताए।

    वैकल्पिक सरकारको गठन नरहेको अवस्थामा मात्र प्रतिनिधिसभा विघटन गर्न पाउने भन्दै उनले अहिले सो अवस्था नभएको दाबी गरे।

    बहसका क्रममा पहिलो संविधानसभाको प्रतिवेदनमा यसबारेमा स्पष्ट व्यवस्था उल्लेख भएको भन्दै उनले इजलासले प्रतिवेदन झिकाएर हेर्न सक्नेसमेत बताए । धारा ७६ (१) बाट (७) मा जान नमिल्ने र उपधारा ३ बाटै "डिस्कनेक्ट" हुने उनको तर्क थियो।

    "मेजोरिटी रहेन, कोलिसन गभर्मेन्टले विश्वासको मत पाएन भने ३ बमोजिम ठूलो दलको प्रधानमन्त्रीले र ४ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिएन भने ५ मा जाने हो," उनले भने ।

    ज्ञवालीले उपधारा १ र २ बमोजिम प्रधानमन्त्रीले विघटन नै गर्न नपाउने जिकिर गरेपछि प्रधानन्यायाधीश जबराले उपधारा ३, ४ र ५ मा सरकार बन्ने अवस्था रहेन भने फेरि फर्केर १ र २ मै आउनुपर्ने होइन र ? भन्दै प्रश्न गरेका थिए। उनले उपधारा ३ मा ठूलो दल नभएर बराबर आयो भने के हुन्छ ? भन्ने समेत प्रश्न गरे ।

    उपधारा ५ अन्तर्गत प्रधानमन्त्रीले विश्वासको मत लिन नसके फेरि ७ मा पुग्न २ मा जान सक्छ भन्ने प्रधानन्याधीको आशय थियो।उपधारा १ र २ अन्तर्गत प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकारै नभएको बहसपछि प्रधानन्यायाधीश र अधिवक्ता ज्ञवालीबिच लामै सवाल जवाफ चलेको थियो ।

    ज्ञवालीले प्रधानमन्त्री र संसदबिचको द्वन्द्वलाई साँढेको जुधाई र बाच्छाको मिच्याईसँग तुलना गर्दै अहिलेका प्रधानमन्त्रीलाई विघटनको राजनीतिक तथा संवैधानिक दुवै अधिकार नभएको तर्क गरे ।

    प्रकाशित मिति :माघ ७ २०७७ बुधवार - १६:३०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij