२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वडास्तरीय प्रदर्शनमा सहभागी हुन आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गर्दै विज्ञप्ति जारी गरेका छन् ।
बुधवार जारी गरिएको विज्ञप्तिमा प्रतिनिधि सभा विघटनको घटनाविरुद्ध कांग्रेसले बिहीवार आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन अपील गरिएको छ ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी सभापति देउवाले पार्टीका नेता तथा कार्यकर्तासँगै लोकतन्त्रवादीहरूलाई पनि बिहीबारको विरोध प्रदर्शनमा सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्नुभएको छ ।
प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको नेपाली कांग्रेसले बिहीबार देशभरका ६ हजार ७ सय ४३ वटा वडामा विरोध प्रदर्शन गर्दैछ ।
कांग्रेसले यसअघि पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७ सय ५३ पालिकाहरूमा विरोध प्रदर्शन गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij