Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

‘चिसो मान्छे’को गीत ‘जीवन बाटोमा’ सार्वजनिक

‘चिसो मान्छे’को गीत ‘जीवन बाटोमा’ सार्वजनिक


  • 5.9K
    Shares

    ‘चिसो मान्छे’को गीत ‘जीवन बाटोमा’ सार्वजनिक

    बहुप्रतिक्षित नेपाली फिल्म ‘चिसो मान्छे’को गीत सार्वजनिक भएको छ। ‘जीवन बाटोमा’ बोलको गीत आइतबार सार्वजनिक भएको हो। गीतको लिरिकल भिडियो ‘ओएसआर डिजिटल’को यूट्यूबमार्फत रिलिज भएको छ।

    गीतको सुरुवाती अंश देउडा रहेको छ। गीतको देउडा भाकामा रेखा जोशीले स्वर दिएकी छन् भने बाँकी भाग निखिता थापाले गाएकी छन्। 

    गीतमा प्रस्तुत देउडा भाकाको शब्द गितकार हर्क साउदले लेखेका हुन् भने बाँकी भागकको शब्द गितकार शहदेव अर्यालले लेखेका हुन्। सुवास भुसालले गरेको संगीत रहेको गीतलाई उदय राज पौडेलले एरेञ्ज गरेका छन्।

    यो गीत रहेको फिल्म ‘चिसो मान्छे’ दिपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म हो। फिल्मका लेखक तथा छायांकार पनि उनै हुन्। फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरिकी छिन्। फिल्म असार ३ गतेबाट देश तथा विदेशमा प्रदर्शनमा आउँदै छ।

    प्रकाशित मिति :जेठ २९ २०७९ आइतवार - १६:०३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij