२०८२ भाद्र ५ गते बिहिवार
प्रदेश १ को प्रदेशसभाको बुधबार सुरु भएको हिउँदे तथा सातौं अधिवेशन २ मिनेट बसेर अनिश्चितकालका लागि स्थगित भएको छ ।
सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारीले बैठक आह्वानका लागि पठाएको पत्र सुनाएलगत्तै प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । दिउँसो २ बजे ११ मिनेटमा सुरु भएको बैठक सभामुख भण्डारीले पत्र सुनाएर स्थगित गरेका हुन् । बैठक १ मिनेट १९ सेकन्ड बसेर सकिएको प्रदेश सचिवालयले जनाएको छ । बैठकमा सबै पार्टीका सांसद्हरुको उपस्थित भए पनि प्रदेशसभामा कुनै कारबाही अगाडि बढ्न पाएन ।
माघ ११ गते बिहे गर्न लागेका राई बल्ल तनाबमुक्त भएका हुन् । बुधबारको बैठकमा मुख्यमन्त्री शेरधन राईको समूहले नेकपा दाहाल–नेपाल समूहलाई प्रवेश गर्न नदिने तयारी गरेको थियो । नेकपा संसदीय दल नेतासमेत रहेका राईले संसदीय दलको गतिविधिमा तीन महिनाका लागि निलम्बन गरेका १६ सांसदलाई प्रदेशसभामा प्रवेश गराइए बैठक चल्न नदिने उक्त समूहले जनाउँदै आएको थियो ।
दाहाल–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध पुस १२ गते ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । हस्ताक्षर गरेका १६ जना प्रदेशसभा सदस्यलाई कुनै पनि संसदीय गतिविधिमा भाग लिन नपाउने गरी राईले निलम्बन गरेका थिए ।
दाहाल–नेपाल समूहले भने मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएर भीमप्रसाद आचार्यलाई निर्वाचित गरेको छ । आचार्यले मुख्यमन्त्री राईसहित आठ जना प्रदेशसभा सदस्यलाई कुनै पनि संसदीय गतिविधिमा भाग लिन नपाउने गरी तीन महिना निलम्बन पनि गरेका छन् ।
प्रदेशसभा दुवै समूहले एक अर्कालाई निषेध गर्ने रणनीतिमा लागेकाले बैठक स्थगित गरिएको बताइएको छ । अर्कातिर मुख्यमन्त्री शेरधन राई आफ्नो बिबाहमा ब्यस्त हुने भएकाले पनि त्यसको असर सभामा परेको हो। राई माघ ११ गते बिवाह बन्धनमा बाधिने भएका छन् । उनले सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग बिबाह गर्न लागेको बताइएको छ । यो जोडी लामो समय देखी प्रेममा रहेको बताइएको छ ।
संखुवासभाकी जाङ्मु हाल काठमाडौंमा बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा बस्दै आएका छन्। मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो । मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा समेत काम गरेकी छन् ।
राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच बिहे हुन लागेको हो । उमेरमा राइ र ज्याङ्मुको ३० बर्सको अन्तर रहेको छ । राई उमेरले ४९ वर्षका भए । २०६५ सालमा भोजपुरबाट सांसद बनेयता लगातार राजनीतिमा सक्रिय छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij