Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज विश्व शौचालय दिवस : यस्ता छन् शौचालय बारे ९ रोचक तथ्य

आज विश्व शौचालय दिवस : यस्ता छन् शौचालय बारे ९ रोचक तथ्य


  • 10.7K
    Shares

    आज विश्व शौचालय दिवस : यस्ता छन् शौचालय बारे ९ रोचक तथ्य

    काठमाडौं । आज विश्व शौचालय दिवस, नेपालमा पनि मनाइँदैछ। शौचालय वा सरसफाइको अभावले मानिसको जीवनयापनमा पुर्‍याउने असरमा केन्द्रित गर्दै यो दिवस मनाउने गरिन्छ ।

    विश्वव्यापी दीगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहुँच पुग्ने लक्ष्य तय गरिएको छ । नेपाललाई २०७६ असोज १३ गते खुला दिसा मुक्त देश घोषणा गरिएको छ ।

    नेपाललाई सन् २०१७ सम्म खुला दिसा मुक्त घोषणा गर्ने लक्ष्य राखेर कार्यक्रम अघि बढाइए पनि ढिला गरी गत वर्ष खुला दिशा मुक्त घोषणा गरिएको हो । तर अझै पनि नेपालमा धेरै मानिस शौचालयको पहुँच बाहिर छन् । फोहोर पानी र दिसाजन्य फोहोरको प्रशोधनसहितको शौचालय सबैको पहुँचमा पुर्‍याउन सके मात्र खुला दिसा मुक्त अभियानले सार्थकता पाउनेछ ।

    बढ्दो शहरीकरण र जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ। तर त्यसको ब्यवस्थापन सहि ढंगले हुन सकेको छैन। सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष विश्वमा लाखौंको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    घर र काम गर्ने ठाउँमा शौचालय नहुँदा व्यक्तिको स्वास्थ्य बिग्रने, काममा अनुपस्थित हुने र ध्यान केन्द्रित गर्न नसक्ने भएकाले समग्र उत्पादकत्वमा नै असर पुग्ने भन्दै संयुक्त राष्ट्रसंघले सुरक्षित शौचालयको प्रयोगमा जोड दिएको छ। 

    यसका साथै १९ नोभेम्बरका दिन विश्वभर नै ट्वाइलेट डे मनाइन्छ । आज हामी यसकै बारेमा रोचक जानकारी तपाईलाई दिनेछौँ ।

    १) सिंगापुरमा ट्वाईलेट फ्लश नगर्नेलाई कानून लाग्छ, त्यसको लागि जरिवाना पनि तोकिएको छ ।

    २) एक पटक ट्वाईलेट फ्लस गर्दा २० देखि २५ लिटर पानी नाश हुन्छ ।

    ३) एक रिसर्चका अनुसार ट्वाईलेटको सिटमा अत्याधिक किटाणु हुन्छन् ।

    ४) सन् १९९२ मा भएको एक सर्वेमा ब्रिटिश ट्वाईलेटलाई संसारकै सबैभन्दा नराम्रो बताइएको थियो ।

    ५) चीनमा कुकुरका लागि छुट्टै सार्वजनिक शौभालय बनाइन्छ ।

    ६) संसारको सबैभन्दा महंगो शौचालय हेर्न अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जानुपर्दछ ।

    ७) अन्तरिक्ष स्टेशनमा बनेको ट्वाईलेटको मूल्य १९ मिलियन डलर रहेको छ ।

    ८) २० प्रतिशत मानिसहरु ट्वाईलेट गएपछि हात धुँदैनन् ।

    ९) विश्वमा ३० प्रतिशत मानिसहरु मात्रै हात धुनका लागि साबुनको प्रयोग गर्दछन् । एजेन्सी

    प्रकाशित मिति :मंसिर ४ २०७७ बिहिवार - १३:४३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij