Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

चालु आर्थिक बर्ष ६ महिनामा कुन बैंकले कति कमाए, यस्तो छ बैंकको पछिल्लो प्रगति  

चालु आर्थिक बर्ष ६ महिनामा कुन बैंकले कति कमाए, यस्तो छ बैंकको पछिल्लो प्रगति  


  • 9.2K
    Shares

    चालु आर्थिक बर्ष ६ महिनामा कुन बैंकले कति कमाए, यस्तो छ बैंकको पछिल्लो प्रगति  

    काठमाडौं । चालु आर्थिक बर्षको आधा अवधि अर्थात ६ महिनामा बैंकहरुले व्यवसाय विस्तारमा उल्लेख्य  प्रगति गर्दै राम्रो मुनाफा बटुलेका छन्। 

    वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघद्वारा उपलब्ध तथ्यांकअनुसार गत असारको तुलनामा २४ वटा वाणिज्य बैंकले निक्षेप संकलन बढाएका छन् भने २५ वटाले कर्जा प्रवाह बढाएका हुन् ।

    यसरी निक्षेप र कर्जा बढाउनेको सुचीमा अग्रस्थानमा एनआइसी एशिया बैंक रहेको  तथ्याङ्कमा उल्लेख  छ । यो अबधिमा सिभिल बैंकले समेत उल्लेख्य मात्रामा व्यवसाय विस्तार गरेको छ । त्यस्तै एनसीसी र प्रभु बैंक पनि निक्षेप र कर्जा दुबै बढाउने बैंकहरुको सूचिमा अग्रस्थानमै छन् ।

    नेपाल बैंकर्स संघद्वारा उपलब्ध तथ्यांकअनुसार गत असारको तुलनामा २४ वटा वाणिज्य बैंकले निक्षेप संकलन बढाएका छन् भने २५ वटाले कर्जा प्रवाह बढाएका हुन् ।

    सो अवधिमा १० वटा बैंकले १० प्रतिशतदेखि ३२ प्रतिशत, १२ वटा बैंकले १ प्रतिशतदेखि १० प्रतिशतसम्म र ३ वटा बैंकले ०।३१ प्रतिशतदेखि १।५४ प्रतिशतसम्म गत असारको भन्दा पुस मसान्तमा निक्षेप संकलन वृद्धि गरेका छन् ।

    साथै, गत असार मसान्तको तुलनामा १७ वटा बैंकले १० प्रतिशतदेखि ३५ प्रतिशतसम्म, ९ वटा बैंकले १ प्रतिशतदेखि १० प्रतिशतसम्म कर्जा प्रवाह बढाएका छन् ।

    कुन बैंकले कस्तो गर्यो प्रगति ?

    एनआईसी एशियाको छलाङस् केही वर्षयता आक्रमक बजार विस्तारको रणनीति लिएको एनआइसी एशिया बैंक यो अवधिमा झनै आक्रमक देखिएको छ । बैंकले गत असार मसान्तको व्यवसायको आकारलाई पुस मसान्तमा ३१.५२ प्रतिशभन्दा बढाएको छ ।

    बैंकले गत असार मसान्तसम्म २ खर्ब १० अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । जसमा बैंकले चालु आर्थिक वर्षको पुस मसान्तमा ३१.५२ प्रतिशत अर्थात् ६६ अर्ब ४६ करोड रुपैयाँले थप गरी २ खर्ब ७७ अर्ब ३० करोड रुपैयाँ पुर्याएको छ ।

    साथै, सो अवधिमा बैंकले कर्जा प्रवाह समेत ३४.१५ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत असार मसान्तमा १ खर्ब ७३ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा आइपुग्दा ३४.१५ प्रतिशत अर्थात् ५९ अर्ब ३४ करोड रुपैयाँ थप कर्जा बढाएर २ खर्ब ३३ अर्ब ८ करोड रुपैयाँ पुर्याएको छ ।

    बैंकले असार मसान्तमा पहिलो र दोस्रो स्थानमा रहेका राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकलाई पछाडि पारेर बैंक निक्षेपको आधारमा पहिलो स्थानमा पुगेको हो । साथै, गत असार मसान्तमा कर्जा प्रवाहमा पहिलो स्थानमा रहेको ग्लोबल आइएमई बैंकलाई पछि पारेर कर्जा प्रवाहको आधारमा पहिलो स्थानमा पुगेको छ ।

    सिभिल बैंक : बैंकले गत असार मसान्तमा ६० अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा २९।२५ प्रतिशत अर्थात् १७ अर्ब ५९ करोड रुपेयाँले बढेर ७७ अर्ब ७३ करोड रुपैयाँ पुर्याएको छ ।

    साथै, बैंक गत असार मसान्तमा ५३ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा २६।३४ प्रतिशत अर्थात् १४ अर्ब १८ करोड रुपैयाँ थप गरेर ६८ अर्ब १ करोड रुपैयाँ पुर्याएको छ ।

    एनसीसी बैंक : एनसीसी बैंकले गत असार मसान्तमा ७९ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले पुस मसान्तसम्म आइपुग्दा २८.३९ प्रतिशत अर्थात् २२ अर्ब ६० करोड रुपैयाँले निक्षेप थप गरी १ खर्ब २ अर्ब २१ करोड रुपैयाँ पुर्याएको छ ।

    साथै, बैंक गत असार मसान्तमा ६९ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १९.४१ प्रतिशत अर्थात् १३ अर्ब ४६ करोड रुपैयाँ थप गरेर ८२ अर्ब ८१ करोड रुपैयाँ पुर्याएको छ ।

    प्रभु बैंक : प्रभु बैंकले गत असार मसान्तमा १ खर्ब ३६ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले पुस मसान्तसम्म आइपुग्दा २४.६९ प्रतिशत अर्थात् ३३ अर्ब ७१ करोड रुपैयाँले निक्षेप थप गरी १ खर्ब ७०अर्ब २३ करोड रुपैयाँ पुर्याएको छ ।

    साथै, बैंक गत असार मसान्तमा १ खर्ब २४ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा २५।४९ प्रतिशत अर्थात् २६ अर्ब २८ करोड रुपैयाँ थप गरेर १ खर्ब २९ अर्ब ३८ करोड रुपैयाँ पुर्याएको छ ।

    सेञ्चुरी बैंक : सेञ्चुरी बैंकले गत असार मसान्तमा ७० अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले पुस मसान्तसम्म आइपुग्दा २२।५८ प्रतिशत अर्थात् १५ अर्ब ८९ करोड रुपैयाँले निक्षेप थप गरी ८६ अर्ब २५ करोड रुपैयाँ पुर्याएको छ ।

    साथै, बैंक गत असार मसान्तमा ६१ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १७.८७ प्रतिशत अर्थात् १० अर्ब ९२ करोड रुपैयाँ थप गरेर ७२ अर्ब ३ करोड रुपैयाँ पुर्याएको छ ।

    सिटिजन्स बैंक : चालु आवको पुस मसान्तसम्म सिटिजन्स बैंकले १ खर्ब ७ अर्ब  ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी  ९१ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले गत असार मसान्तको भन्दा १६.९५ प्रतिशत अर्थात् १५ अर्ब ५३ करोड रुपैयाँ निक्षेप र १२.०६ प्रतिशत अर्थात् ९ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह थप गरेको हो ।

    माछापुच्छ्रे बैंक :  बैंकले गत असार मसान्तसम्म १ खर्ब ६ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले ६ महिनामा १३।६२ प्रतिशतले निक्षेप संकलन बढाएर १ खर्ब २१ अर्ब २८ करोड रुपैयाँ पुर्याएको छ ।

    साथै गत असार मसान्तमा बैंकले ९४ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा पुस मासान्तमा १३।३६ प्रतिशतले बढाएर १ खर्ब ७ अर्ब १६ करोड रुपैयाँ पुर्याएको छ ।

    सिद्धार्थ बैंक : गत असार मसान्तसम्म सिद्धार्थ बैंकले १ खर्ब ४५ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा पुस मसान्तमा ११.०२ प्रतिशतले बढाएर १ खर्ब ६२ अर्ब २ करोड रुपैयाँ पुर्याएको छ ।

    साथै, गत असार मासन्तमा १ खर्ब २७ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा पुस मसान्तमा १३.०४ प्रतिशतले बढाएर १ खर्ब ४४ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ ।

    ग्लोबल आइएमई बैंक : बैंकले गत असार मसान्तमा २ खर्ब २६ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा पुस मसान्तमा १०.८८ प्रतिशतले बढाएर २ खर्ब ५१ अर्ब २९ करोड रुपैयाँ पुर्याउको छ । साथै, गत असार मसान्तमा १ खर्ब ९९ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा ग्लोबलले पुस मासान्तमा ७.८५ प्रतिशतले बढाएर २ खर्ब १५ अर्ब ६८ करोड रुपैयाँ पुर्याएको छ ।

    एनएमबि बैंक : गत असार मसान्तमा एनएमबि बैंकले १ खर्ब ३४ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा पुस मसान्तमा आइपुग्दा १०।८४ प्रतिशतले बढाएर १ खर्ब ४९ अर्ब ४२ करोड रुपैयाँ पुर्याएको छ ।

    साथै, बैंकले गत असार मसान्तमा १ खर्ब २१ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १७।९७ प्रतिशतले बढाएर १ खर्ब ४३ अर्ब ६५ करोड रुपैयाँ पुर्याएको छ ।

    नेपाल बैंकः गत असार मसान्तमा नेपाल बैंकले १ खर्ब ४२ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा पुस मसान्तमा आइपुग्दा ५।७६ प्रतिशतले बढाएर १ खर्ब ५१ अर्ब २२ करोड रुपैयाँ पुर्याएको छ ।

    साथै, बैंकले गत असार मसान्तमा १ खर्ब ७ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १३.८५ प्रतिशतले बढाएर १ खर्ब २२ अर्ब ७४ करोड रुपैयाँ पुर्याएको छ ।

    नबिल बैंकः गत असार मसान्तमा नबिल बैंकले १ खर्ब ९३ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा पुस मसान्तमा आइपुग्दा ५।४३ प्रतिशतले बढाएर २ खर्ब ३ अर्ब ५२ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले गत असार मसान्तमा १ खर्ब ५३ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १६।६८ प्रतिशतले बढाएर १ खर्ब ७८ अर्ब ५३ करोड रुपैयाँ पुर्याएको छ ।

    लक्ष्मी बैंकः गत असार मसान्तमा लक्ष्मी बैंकले १ खर्ब १ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा पुस मसान्तमा आइपुग्दा ५.२२ प्रतिशतले बढाएर १ खर्ब ६ अर्ब ४४ करोड रुपैयाँ पुर्याएको छ ।

    साथै, बैंकले गत असार मसान्तमा ९० अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा ५.०७ प्रतिशतले बढाएर ९५ अर्ब ५१ करोड रुपैयाँ पुर्याएको छ ।

    हिमालयन बैंकः गत असार मसान्तमा हिमालयन बैंकले १ खर्ब ३१ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ५.१० प्रतिशतले बढाएर १ खर्ब ३८ अर्ब ५९ करोड रुपैयाँ पुर्याएको छ ।

    साथै, बैंकले गत असार मसान्तमा १ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा ६.८५ प्रतिशतले बढाएर १ खर्ब १५ अर्ब २८ करोड रुपैयाँ पुर्याएको छ ।

    प्राइम बैंकः गत असार मसान्तमा प्राइम बैंकले १ खर्ब २९ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ४.७० प्रतिशतले बढाएर १ खर्ब ३५ अर्ब ५९ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले गत असार मसान्तमा १ खर्ब  १४ अर्ब  ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा ९.०४ प्रतिशतले बढाएर १ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ पुर्याएको छ ।

    एभरेष्ट बैंकः गत असार मसान्तमा एभरेष्ट बैंकले १ खर्ब ४४ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ४.५७ प्रतिशतले बढाएर १ खर्ब ५१ अर्ब ३३ करोड रुपैयाँ पुर्याएको छ ।

    साथै, बैंकले गत असार मसान्तमा १ खर्ब १८ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा ०।९४ प्रतिशतले बढाएर १ खर्ब १९ अर्ब ८३ करोड रुपैयाँ पुर्याएको छ ।

    कुमारी बैंकः गत असार मसान्तमा कुमारी बैंकले १ खर्ब २४ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ४.५३ प्रतिशतले बढाएर १ खर्ब २९ अर्ब ८५ करोड रुपैयाँ पुर्याएको छ ।

    साथै, बैंकले गत असार मसान्तमा १ खर्ब १५ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा ४।५८ प्रतिशतले बढाएर १ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ पुर्याएको छ ।

    सनराइज बैंकः गत असार मसान्तमा सनराइज बैंकले ९४ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ३.९२ प्रतिशतले बढाएर ९८ अर्ब ४३ करोड रुपैयाँ पुर्याएको छ ।

    साथै, बैंकले गत असार मसान्तमा ८३ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा ६।७९ प्रतिशतले बढाएर ८९ अर्ब ५२ करोड रुपैयाँ पुर्याएको छ ।

    राष्ट्रिय वाणिज्य बैंकः गत असार मसान्तमा राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ३२ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ३.५१ प्रतिशतले बढाएर २ खर्ब ४१ अर्ब १५ करोड रुपैयाँ पुर्याएको छ ।

    साथै, बैंकले गत असार मसान्तमा १ खर्ब ५६ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा ११।४९ प्रतिशतले बढाएर १ खर्ब ७४ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ ।

    मेगा बैंकः गत असार मसान्तमा मेगा बैंकले १ खर्ब ३१ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ३।१० प्रतिशतले बढाएर १ खर्ब ३५ अर्ब ९८ करोड रुपैयाँ पुर्याएको छ ।

    साथै, बैंकले गत असार मसान्तमा १ खर्ब १३ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १२.१५ प्रतिशतले बढाएर १ खर्ब २७ अर्ब ७६ करोड रुपैयाँ पुर्याएको छ ।

    बैंक अफ काठमाण्डूः गत असार मसान्तमा बैंक अफ काठमाण्डुले ९३ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले २.११ प्रतिशतले बढाएर ९५ अर्ब २५ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले गत असार मसान्तमा ८२ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १०.५० प्रतिशतले बढाएर ९१ अर्ब ५१ करोड रुपैयाँ पुर्याएको छ ।

    सानिमा बैंकः गत असार मसान्तमा सानिमा बैंकले १ खर्ब १० अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले १.५४ प्रतिशतले बढाएर १ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ पुर्याएको छ ।

    साथै, बैंकले गत असार मसान्तमा ९३ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १२.१७ प्रतिशतले बढाएर १ खर्ब ४ अर्ब ६४ करोड रुपैयाँ पुर्याएको छ ।

    कृषि विकास बैंकः गत असार मसान्तमा कृषि विकास बैंकले १ खर्ब ४३ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ०.३३ प्रतिशतले बढाएर १ खर्ब ४४ अर्ब ३६ करोड रुपैयाँ पुर्याएको छ ।

    साथै, बैंकले गत असार मसान्तमा १ खर्ब २३ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा ७.२० प्रतिशतले बढाएर १ खर्ब ३२ अर्ब २५ करोड रुपैयाँ पुर्याएको छ ।

    नेपाल इन्भेस्टमेन्ट बैंकः गत असार मसान्तमा इन्भेस्टमेन्ट बैंकले १ खर्ब ६८ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ०.३१ प्रतिशतले बढाएर १ खर्ब ६९ अर्ब ११ करोड रुपैयाँ पुर्याएको छ ।

    साथै, बैंकले गत असार मसान्तमा १ खर्ब ४४ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा २.१७ प्रतिशतले बढाएर १ खर्ब ४७ अर्ब ७२ करोड रुपैयाँ पुर्याएको छ ।

    नेपाल बंगलादेश बैंकः गत असार मसान्तमा नेपाल बंगलादेश बैंकले ७३ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ०.४८ प्रतिशतले निक्षेप घटाएर ७२ अर्ब ८४ करोड रुपैयाँमा सीमित गरेको छ ।

    साथै, बैंकले गत असार मसान्तमा ६१ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १.३९ प्रतिशतले बढाएर ६२ अर्ब २२ करोड रुपैयाँ पुर्याएको छ ।

    नेपाल एसबिआइ बैंक
    गत असार मसान्तमा नेपाल एसबिआइ बैंकले १ खर्ब १० अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ६.५० प्रतिशतले निक्षेप घटाएर १ खर्ब ३ अर्ब २२ करोड रुपैयाँमा सीमित गरेको छ ।

    साथै, बैंकले गत असार मसान्तमा ९४ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १।५१ प्रतिशतले कर्जा प्रवाह घटाएर ९२ अर्ब ८९ करोड रुपैयाँमा सिमित गरेको छ ।

    स्ट्याण्डर्ड चार्टर्ड बैंक
    गत असार मसान्तमा नेपाल स्ट्याण्डर्ड चार्टर्ड बैंकले ९९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले १२.३९ प्रतिशतले निक्षेप घटाएर ८६ अर्ब ८३ करोड रुपैयाँमा सीमित गरेको छ ।

    साथै, बैंकले गत असार मसान्तमा ५७ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा २.६८ प्रतिशतले कर्जा प्रवाह घटाएर ५५ अर्ब ९८ करोड रुपैयाँमा सिमित गरेको छ ।

    प्रकाशित मिति :माघ ७ २०७७ बुधवार - १३:२७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij