२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले २०७१ सालमा केपी ओली अध्यक्ष भएपछि एमालेको ओरालो यात्रा शुरू भएको बताएका छन् ।
आज बिहान सम्पादहरुसँगको अन्तरक्रियामा नेपालले भने - ‘हाम्रो त बिजोग भो । ओलीबाट धेरै पीडा पाइयो । मनको बह कसलाई कह भनेर बसेका थियौं ।’ ओलीले पार्टी एकताको प्रस्ताव ल्याउँदा राहत महसुस गरे पनि पुनस् विधि मिच्न थालेको उनको दुस्खेसो थियो ।
‘केपीले बैठकमा एकताको प्रस्ताव ल्याएपछि ओलीको पेलान र प्रवृतिबाट मुक्ति पाइने भयो भनेर ठूलो राहत महसुस भयो । तर, एकतापछि फेरि विधि मिच्न थालियो। अस्पतालमा बैठक बोलाइयो, बालकोटमा बैठक बोलाउने काम भो अहिले हामी ओलीबाट मुक्त भएका छौँ’, नेपालले भने ।
नेपालले भने - ‘ओलीले पहिलो नम्बरमा मलाई जेल कोच्ने र त्यसपछि प्रचण्डलाई जेल कोच्ने योजना बनाएको थिए । ललिता निवास प्रकरण त्यहीँको योजनाबाट थियो ।’ प्रचण्डलाई लडाकु शिविर घोटालामा जेल हाल्ने योजना रहेको नेता नेपालको टिप्पणी थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij