Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलासमा बहसका लागि तोकियो समय, ज्ञवालीलाई ३० मिनेट

प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलासमा बहसका लागि तोकियो समय, ज्ञवालीलाई ३० मिनेट


  • 6.4K
    Shares

    प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलासमा बहसका लागि तोकियो समय, ज्ञवालीलाई ३० मिनेट
    images

    काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले कानुन व्यवसायीहरुलाई आधा घण्टाभित्रै बहस सक्न समय तोकेका छन् । अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीलाई ३० मिनेटको समय दिइएको छ ।

    यसअघि, वकालतनामा भरेका कानुन व्यवसायीको संख्या धेरै भएको भन्दै न्यायाधीश अनिल सिन्हाले समय व्यवस्थापन गरेर बहस गर्न सुझाव दिएका थिए । आज भने समय नै तोकिएको छ ।

    यसअघि, भीमार्जुन आचार्य, सुनीलकुमार पोख्रेल, डा. रूद्र शर्माले घण्टौँ बहस गरेका थिए । प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै दायर रिटमा निवेदकका पक्षबाट साढे ३०० बढी कानुन व्यवसायीले बहसका लागि नाम टिपाएका छन् ।

    रिट निवेदकका तर्फबाट बहस गर्ने अधिवक्ताहरुले राजनीतिक कारणले प्रतिनिधिसभा विभटन गर्नुपरेको भन्दै प्रधानमन्त्री केपी ओलीले दिएको लिखित जवाफमाथि प्रश्न उठाउँदै आएका छन् ।

    प्रकाशित मिति :माघ ७ २०७७ बुधवार - १२:३२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij