Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

सम्पादकहरुसँग छलफल गर्दै प्रचण्ड-नेपाल समूह

सम्पादकहरुसँग छलफल गर्दै प्रचण्ड-नेपाल समूह


  • 7.1K
    Shares

    सम्पादकहरुसँग छलफल गर्दै प्रचण्ड-नेपाल समूह
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले देशको पछिल्लो राजनीतिक अवस्थाबारे सम्पादकहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ।  अन्तरक्रिया कार्यक्रम दरबारमार्गस्थित होटल याक एण्ड यतीमा जारी रहेको प्रचण्डको नीजि सचिवालयले जनाएको छ।

    छलफलमा अध्यक्षद्वय पुष्पकमल दाहाल "प्रचण्ड", माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, योगेश भट्टराई, जनार्दन शर्मालगायतका नेताहरु सहभागी छन् ।

    उनीहरुले प्रतिनिधिसभा विघटनपछिको राजनीतिक परिस्थितिबारे सम्पादकहरुसँग छलफल थालेका हुन्। आगामी कदमबारे सम्पादकहरुसँग राय सुझाब लिने जनाएको छ। छलफलमा काठमाडौं उपलब्ध प्रायः सबै सम्पादक सहभागी छन्।

    प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि नेकपा दुई खेमा भएको छ। एक पक्षको नेतृत्व प्रचण्डले गरेका छन् भने अर्को पक्षको नेतृत्व प्रधानमन्त्री केपी ओलीले लिएका छन्। प्रधानमन्त्री ओलीले संविधानविपरित प्रतिनिधिसभा भंग भरेको भन्दै प्रचण्ड-नेपाल समूह आन्दोलित छ।

    संसद् विघटनविरुद्ध सर्वोच्चमा पनि मुद्दा विचाराधीन छ। विघटनविरुद्धको मुद्दामा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुदै छ।

    प्रकाशित मिति :माघ ७ २०७७ बुधवार - ११:४५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij