२०८२ भाद्र १ गते आइतवार
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ‘गो डिजिटल क्याम्पेन’ को शुरुवात गरेको छ । आप्mनो सेवा प्रारम्भदेखि नै प्रविधिको प्रयोगलाइ प्राथमिकतामा राखी अधिकतम रूपमा प्रविधिको उपयोग गर्दै कार्य गरिरहेको कम्पनीले आफ्ना अभिकर्ता तथा बीमितहरूलाई प्रविधिको उपयोग बढाउन मद्दत पुर्याउने उद्देश्यले उक्त क्याम्पेनको शुरुवात गरेको हो ।
उक्त क्याम्पेनको पहिलो कार्यक्रम बाग्मती प्रदेशअन्तर्गत काठमाडौँ उपत्यका भित्रका ५० भन्दा बढी एजेन्सी म्यानेजर तथा अभिकर्ताहरूको उपस्थितिमा केन्द्रिय कार्यालयको सम्पन्न भएको थियो । कार्यक्रममा कम्पनीका सूचना प्रविधि विभाग प्रमुखले ज्योति लाईफले उपयोगमा ल्याएका स्मार्ट एप, अनलाईनमार्फत बीमाशुल्क भुक्तानी, क्यूआर कोडमार्फत बीमा शुल्क भुक्तानी, अनलाइनबाट नै जीवन बीमा गर्ने तरिका, बैदेशिक रोजगार बीमालेख लिने तरिकाबारे जानकारी दिएका थिए ।
साथै कार्यक्रममा ज्योति बोटको माध्यमबाट आफुलाई आवश्यक परेको जानकारी मोबाइलबाट सजिलै लिन सकिने विषय जस्ता विविध डिजिटल प्रविधिहरूको बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा प्रविधिको उपयोगबाट लिन सकिने फाइदाहरू र सहभागीहरूसँग दैनिक जीवनमा आइपर्ने कार्यमा डिजिटल च्यानलको उपयोग सम्बन्धमा अन्तरक्रिया समेत गरिएको थियो ।
सोही कार्यक्रममार्फत अभिकर्ताहरूलाई उपयोगि हुने भिडियो समेत सार्बजनिक गरिएको छ । कार्यक्रममा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
कम्पनीले यस्ता किसिमका कार्यक्रमहरू क्रमशः प्रादेशिक स्तरमा विस्तार गर्दै प्रविधिको उपयोगमा सबैलाई सहभागी गराउन प्रयास गर्ने कम्पनीको योजना रहेको जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij