Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

हामी प्रधानमन्त्रीका लागि मरिहत्ते गर्ने मान्छे होइनौँ : प्रचण्ड

हामी प्रधानमन्त्रीका लागि मरिहत्ते गर्ने मान्छे होइनौँ : प्रचण्ड


  • 9.6K
    Shares

    हामी प्रधानमन्त्रीका लागि मरिहत्ते गर्ने मान्छे होइनौँ : प्रचण्ड
    images

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु प्रधानमन्त्रीका लागि मरिहत्ते गर्ने खालका मान्छे नभएको बताएका छन् । 

    बुधबार काठमाडौंमा सम्पादकहरुसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले आफूहरु प्रधानमन्त्री पदकै लागि मरिहत्ते गर्ने खालका मान्छे नभएको बताएका हुन् । ‘हामी प्रधानमन्त्रीका लागि मरिहत्ते गर्ने मान्छे होइनौँ,’ उनले भने,‘ यो भन्दा बढी व्याख्या म गर्न चाहन्नँ । तपाईंहरुले देखिराख्नु भएकै छ । ’

    प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई दुर्घटनातिर लैजान खोजेकाले आफूमा केही आवेग आएको पनि बताए ।

    ‘संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, शान्ति सम्झौता वा १२ बुँदे समझदारीदेखिको डेमोक्रेटिक प्रोसेसमा मुख्य भूमिका खेल्ने नेता हुनुको नाताले अहिले दुर्घटनातिर देश लैजान खोज्दा अहिले अलिकति आवेग चाहिँ आएकै  छ,’ उनले भने,‘त्यसैले आवेगमा आउँदा कहिलेकाहीँ शब्द चयनमा केही त्रुटि हुने गरेको छ । ’

    उनले आफूले भनेको ‘शाकाहारी’ शब्दको गलत व्याख्या पनि गरिएको बताए ।  ‘शाकाहारी भनेर मैले फेरि हिंसात्मक भनेको होइन ,’ तर, अलिकति आवेगमय त हुनै पर्‍यो भन्न खोजेको हो ।

    प्रकाशित मिति :माघ ७ २०७७ बुधवार - ११:२४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij