Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

बाइडेनले आज अमेरिकी राष्ट्रपतिको शपथ लिदैँ, शपथ कार्यक्रममा ट्रम्प नजाने

बाइडेनले आज अमेरिकी राष्ट्रपतिको शपथ लिदैँ, शपथ कार्यक्रममा ट्रम्प नजाने


  • 6.5K
    Shares

    बाइडेनले आज अमेरिकी राष्ट्रपतिको शपथ लिदैँ, शपथ कार्यक्रममा ट्रम्प नजाने
    images

    अमेरिकामा २० जनवारीका दिन निर्वाचित राष्ट्रपतिको शपथग्रहण  लिने पराम्परा रहेको छ । आज नवनिर्वाचित राष्ट्रपति बाइडेनले शपथग्रहण गर्नेछन् । डेमोक्रेटिक पार्टीका जोसेफ आर बाइडेनले आज राति १० बजेर ४५ मिनेटमा ४६ औँ राष्ट्रपतिको रुपमा शपथ लिनेछन् ।

    कारोना महामारीलाई मध्यनजर गर्दै ८० प्रतिशत शपथ कार्यक्रम भर्चुअल रुपमा गरिने छ । यस्तै अमेरिकाको राजधानी वासिङ्टन डिसीलगायतका ५० राज्यमा सुरक्षा व्यवस्था निकै बलियो बनाइएको छ । शपथ कार्यक्रममा हिसांत्मक कार्य हुनसक्ने आशंका रहेका कारण सुरक्षा व्यवस्था कडा गरिएको अमेरिकी एजेन्सीले जनाएको छ ।
     
    यस्तै शपथ कार्यक्रममा डोनाल्ड ट्रम्प उपस्थित नहुने भएका छन् । राष्ट्रपतिको शपथग्रहणमा भाग नलिने अमेरिकामा अहिलेसम्म तीनजना रहेका छन् । बाइडेनको शपथमा पूर्वराष्ट्रपति जर्ज डब्लु बुस र उनको पत्नी लौरा बुस, बाराक ओबामा र उनको पत्नी मिसेल ओबामा र विल क्लिन्टन र उनको पत्नी  हिलारी क्लिन्टन उपस्थित हुनेछन् । 

    आज बाइडेनलाई चिफ अफ जस्टिस जोन जी रोवर्ट जुनियरले क्यापिटल हिलमा राष्ट्रपतिको शपथग्रहण दिलाउने छन् । उक्त शपथग्रहणमा बाइडेनले शपथ लिइसकेपछि भाषण गर्नेछन् र मातदातालाई धन्यवाद पनि व्यक्त गर्नेछन् । शपथअघि गायिका लेडी गागाले राष्ट्रिय गान गाउने छिन् र जेनिफर लोपेजको सांस्कृतिक प्रस्तुति रहनेछ । त्यसपछि बाइडेन क्यापिटल हिलदेखि ह्वाइट हाउसको यात्रामा निस्कनेछन् ।

    प्रकाशित मिति :माघ ७ २०७७ बुधवार - १०:१५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij