Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

केपी ओलीलाई भित्तैमा पुर्याउछु भन्दै कुर्लिएका प्रचण्डले खोले ओलीका पोलै-पोल 

केपी ओलीलाई भित्तैमा पुर्याउछु भन्दै कुर्लिएका प्रचण्डले खोले ओलीका पोलै-पोल 


  • 8.7K
    Shares

    केपी ओलीलाई भित्तैमा पुर्याउछु भन्दै कुर्लिएका प्रचण्डले खोले ओलीका पोलै-पोल 
    images

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले भारतसँग मिलेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् ।

    आफूनिकट पत्रकार भेलालाई मंगलवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले भारतको नाम नलिई भने - ‘हिजो जसको विरुद्ध राष्ट्रवाद देखाउनुभएको थियो, आज त्यहीसँग मिलेर प्रतिगमन गर्नुभयो । उहाँको राष्ट्रवाद खोक्रो साबित भयो ।’

    अर्को प्रसंगमा प्रचण्डले ओलीले पूर्वएमालेलाई विश्वासमा लिन नसकेको तर अहिले आएर आफूले एमालेभित्र खेलेको आरोप लगाइरहेको बताए । केही समय अघिमात्र मिलेको प्रचण्डले कसरी पूर्व एमालेलाई विश्वासमा लिने अवस्था आयो भन्ने ओलीले सोच्नुपर्ने बताए ।

    ‘कठोर हुनुपर्‍यो भने म भित्तामा पुर्‍याउन पनि सक्छु। अहिले तयार पनि भएको छु। केपी ओलि,अब तपाईं सिद्धिनुभयो । अब उहाँको हातमा केही छैन। अब अन्तै छ। उहाँको समय धेरै छैन’, उनले भने ।

    प्रकाशित मिति :माघ ६ २०७७ मंगलवार - १६:५२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij