२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एमबीएस (मास्टर्स अफ विजिनेस स्टडिज्) दोस्रो र चौथो सेमेस्टरको परीक्षा २९ मंसिरबाट सञ्चालन गर्ने भएको छ ।
नोवेल कोरोना भाइरस (कोभिड–१९)का कारण स्थगित परीक्षा ८ पुसभित्र सम्पन्न गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा केन्द्र भने तोक्न बाँकी रहेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यसैबीच, त्रिविले एमपीए (मास्टर्स अफ पब्लिक एड्मिनिस्ट्रेसन) दोस्रो सत्रको स्थगित दुई वटा विषयको परीक्षा तालिका सार्वजनिक गरेको छ । जस अनुसार Organizational Behaviour (एमपीए ५१०) को २९ मंसिर र Administrative System in Nepal (एमपीए ५०८) को ३ पुसमा परीक्षा हुने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij