२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुनर्स्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् ।
प्रचण्ड–माधव समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा ह्वास गनाएको टिप्पणी गरे । ‘यो राजतन्त्र पुनस्स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नुछ’ उनले भने । अर्का अध्यक्ष माधवकुमार नेपालले पार्टीको सर्वोच्च स्थानमा बसेकाबाट नै उपलब्धि मास्ने काम भएको टिप्पणी गरेका छन् ।
‘केपी ओली ऐजरु हो। तपाईंहरू खोजी पत्रकारिता गर्नु हुन्छ । केपी ओलीको झुठो कुरामाथि पनि खोजी गर्नुहोस् ‘, आफूपक्षीय पत्रकारहरूको भेलालाई सम्बोधन गर्दै नेपालले भने, ‘यही सरकारबाट प्रेसको घाँटी निमोठ्ने काम गरियो । केपी ओलिका सबै गलत फेहरिस्त ल्याउनुहोस् । उनी जहिले पनि असहयोगी नेता हो । मेरो हुर्मत लिने काम गर्नु भएको छ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij