Logo

२०७९ आषाढ १५ गते बुधवार

images

एनसेलले ल्यायो मनसुन धमाका अफर: अनलिमिटेड डेटा, आकर्षक अल नेट भ्वाइस, एसएमएस बन्डल प्याक

एनसेलले ल्यायो मनसुन धमाका अफर: अनलिमिटेड डेटा, आकर्षक अल नेट भ्वाइस, एसएमएस बन्डल प्याक

खबर सेन्टर

१९ जेठ २०७९
  • 1.2K
    SHARES
  • images
    एनसेलले ल्यायो मनसुन धमाका अफर: अनलिमिटेड डेटा, आकर्षक अल नेट भ्वाइस, एसएमएस बन्डल प्याक
    images

    सञ्चार प्रदायक संस्था एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ । अफरमार्फत एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

    यी प्याकहरु आजदेखि सञ्चालनमा आएका छन् । ग्राहकको दैनिक डेटाको आवश्यकताको सहज रुपमा सम्बोधन गर्न यस अफर अन्तर्गत एक दिन समयावधि भएका तीन डेटा प्याकहरु रहेका छन् ।

    आफ्नो आवश्यकता अनुसार ग्राहकले करसहित २९ देखि ४८ रुपैयाँ पर्ने आकर्षक डेटा प्याक शुरु गर्न सक्ने छन् । एष्ट्रिक्स १७१२३ ह्यास डायल गरी ग्राहकले यो प्याक खरिद गर्न सकिने छ ।

     

    डेटाका साथै, एनसेलले यस अफरमा भ्वाइस र एसएमएस सेवा बन्डल गरिएका एक दिन समय सीमा रहेका तीन प्याकहरु पनि ल्याएको छ । यी प्याक लिने ग्राहकले नेपालका अन्य कुनै पनि मोबाइल नेटवर्कका अझै सुलभ दरमा फोन गर्न र एसएमएस पठाउन सक्छन् ।

    एनसेलका प्रिपेड ग्राहकले आफ्नो दैनिक भ्वाइस र एसएमएस सेवाको आवश्यकता अनुसार प्याक सुचालु गर्न सक्ने कम्पनीले जनाएको छ ।

     

    उनीहरुले करसहित १२ रपैयाँमा ३० मिनेट टक टाइम र ३० वटा एसएमएस बन्डल भएको प्याक, १४ रुपैयाँमा १०० मिनेट टक टाइम र १०० एसएमएस वा २९ रुपैयाँमा २ सय ९० मिनेट टक टाइम र २ सय ९० वटा नै एसएमएस भएको बन्डल प्याक लिन सक्छन् । यी अल नेट प्याकहरु एष्ट्रिक्स १७१११८ ह्यास डायल गरि सहजै लिन सकिन्छ ।

    यस मनसुन धमाका अफर अन्तर्गतका डेटा प्याकहरु र अल नेट भ्वाइस र एसएमएस बन्डल प्याकहरु ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल वालेटहरु जस्तै ईसेवा, खल्ती र आइएमई पेबाट पनि प्राप्त गर्ने सक्ने छन् ।

    images
    प्रकाशित मिति :जेठ १९ २०७९ बिहिवार - १२:३१:१९ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार