Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

कांग्रेस र प्रचण्ड-माधवको नेकपा बीच यसरी भयो भाले भीडन्त, प्रहरीले खोल्यो ९ राउन्ड फायर

कांग्रेस र प्रचण्ड-माधवको नेकपा बीच यसरी भयो भाले भीडन्त, प्रहरीले खोल्यो ९ राउन्ड फायर


  • 9.6K
    Shares

    कांग्रेस र प्रचण्ड-माधवको नेकपा बीच यसरी भयो भाले भीडन्त, प्रहरीले खोल्यो ९ राउन्ड फायर
    images

    काठमाडौं । विभाजित नेकपा मध्येको दाहाल–नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच आठबीसकोट नगरपालिका-९ स्थित राडी बजारमा सोमबार बेलुकीदेखि झडप भइरहेको छ ।

    बिहानदेखि पटकपटक झडप भएपछि प्रहरीले २ राउन्ड एसएलआर र ७ राउण्ड थ्री नट थ्री राइफलबाट गरी ९ राउन्ड हवाई फायर गरेको छ भने १ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ । स्थिति नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीको टोली आठबीसकोट गइरहेको छ । ओली पक्षको नेकपाले भने झगडालाई अझ बल्झाउने गरिको गतिबिधी गरिरहेको । 

    जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले अवस्था नियन्त्रणमा लिन प्रयास भइरहेको जानकारी दिए । सोमबार बेलुकी ८ बजेबाट दुवै पक्षका कार्यकर्ताबीच विवाद भएपछि विवाद समाधान गरिए पनि मंगलबार बिहानैदेखि पुनःझडप भएको डीएसपी श्रेष्ठले बताए । नेकपाका ८–१० जना र नेपाली कांग्रेसका १०–१५ जना जम्मा भएर विवाद भइरहेको थाहा पाएपछि सोमबार नै उनीहरुलाई तितरवितर पारिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको थियो ।

    मंगलबार बिहानबाट भने अवस्था तानावग्रस्त बनेको हो । दुवै पक्ष छलफलका लागि इलाका प्रहरी कार्यालयमा पुगेका बेला झडपको अवस्था आएको हो । एक पक्षले अर्को पक्षलाई आक्रमण गरेपछि अर्को पक्षले बजारका मान्छेहरु उठाएर वातावरण थप बिग्रेको प्रहरीले जनाएको छ ।

    झडपका क्रममा ९ नम्बर वडाध्यक्ष तारकबहादुर शाही सामान्य घाइते भएको डीएसपी श्रेष्ठले बताए । उनी नेपाली कांग्रेस निकट हुन् । हालसम्म कसैलाई नियन्त्रणमा लिए नलिएको बारेमा जानकारी आइनसकेको उनको भनाइ छ । अवस्था नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयबाट बिहानै प्रहरी निरीक्षकको कमाण्डमा १२ जना जनपद र ७ जना सशस्त्र प्रहरी पठाइएको थियो । त्यसले पनि अवस्था नियन्त्रणमा नआएपछि थप सुरक्षाकर्मी राडी पुग्ने क्रममा छन् ।

    जिल्ला प्रहरीले १५ जना, सशस्त्र प्रहरीले १५ जना प्रहरी खटाएको छ भने जाजरकोटको दल्ली इलाका प्रहरी कार्यालयबाट ११ जनाको टोली आइरहेको छ । चौरजहारी नगरपालिकामा रहेको दंगा नियन्त्रण गणबाट पनि १५ जना प्रहरी राडीका लागि हिँडेका छन् ।

    प्रकाशित मिति :माघ ६ २०७७ मंगलवार - १६:२५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij